कांग्रेस महाधिवेशन उद्घाटन मञ्चमा देखिएका रोचक १८ दृश्य « Khabarhub

कांग्रेस महाधिवेशन उद्घाटन मञ्चमा देखिएका रोचक १८ दृश्य


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौँको भृकुटीमण्डमा दिउँसो १ बजे सुरु हुने भनिएको थियो । तर, निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भयो । कांग्रेस सभापतिदेखि केन्द्रीय सदस्यसम्म मञ्चै बोलाइएको उद्घाटन सत्रमा प्रमख राजनीतिक दलका नेतादेखि भारतका दुईवटा पार्टीका प्रतिनिधिले समेत शुभकामना दिए ।

नेताहरूबीच शुभकामना आदान प्रदानको क्रममा विगतमा जस्तो चर्को घोचपेच नभए पनि केही रोचक दृश्यहरु भने देखिएका छन् ।

१ महाधिवेशन उद्घाटनस्थलमा आयोजक कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा पहिला लोसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पुगेका थिए ।

२ कार्यक्रममा निम्त्याइएका अतिथिमध्ये सबैभन्दा अन्तिममा एमाले अध्यक्ष केपी ओली मञ्चमा पुगेका थिए । मञ्चमा नमस्कार गर्दै ओली उक्लिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टाउको बटारेर अन्तै हेर्न थाले । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने ओली कुर्सीमा नबसुन्जेलसम्म भुइँमै हेरेर बसिरहे ।

३ सबैभन्दा ढिला आएका ओलीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुर्सी छोडिदिए । पौडेल कुर्सी छाड्दै मञ्चको पछिल्लो लहरमा गएर बसे ।

४ दलहरूबीच पछिल्लो दिन बढेको तिक्तताका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजावादीका अध्यक्ष नेपाल र एमालेका अध्यक्ष केपी ओली कसैले पनि सम्वोधनका क्रममा एक अर्काको नाम लिएनन् ।

५ शुभामना मन्तव्यका क्रममा भाजपा नेता हर्षवर्द्धन र मालेका महासचिव सीपी मैनालीले लामो भाषण गरेपछि कार्यक्रम संचालक कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पोडियममै पुगेर चिट नै दिनुपर्‍यो । हर्षवर्द्धनले यतिधेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा आफूले कहिल्यै नदेखको भन्दै भाषण लम्व्याएका थिए भने सीपीले सरकार र दलका नेताका कमजोरीको फेहरिस्त सुनाएर भाषण लामो बनाएका थिए ।

६ राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेतालाई जनताले चोर भन्न थालेको बताउँदा दर्शक दीर्घामा ताली बज्यो । तर प्रचण्ड, नेपाल र ओलीले नेतालाई चोर कसैले नभनेको दाबी गर्दा पनि दर्शक दीर्घामा उसैगरी ताली बजेको थियो ।

७ उद्घाटन सत्रमा बोलेका प्रचण्ड, नेपाल र ओलीबाहेक सबैजसो दलका नेताले सर्वोच्च अदालतको विवाद चाँडो टुंगिनुपर्ने बताए । तर, सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताले भने यो विषयमा एक शब्द पनि बोलेनन् ।

८ कार्यक्रममा सवैभन्दा छोटो भाषण जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले गरिन् । सँधै लामो भाषण गर्ने ओलीले भने तुलनात्मक रुपमा छोटो भाषण गरे ।

९ उद्घाटन सत्रमा शुभकामना दिन पुगेका नेता सीपी मैनालीले सरकारका कामकारवाहीको खुलेर आलोचना गरे । जबकी राप्रपा महाधिवेशन उद्घाटनमा शुभकामना दिने क्रममा उनले राजा त्रिभुवनदेखि महेन्द्रसम्मको गुणगान गरेका थिए ।

१० लोसपा अध्यक्ष महन्थ ठाकुरले अधिकांश भाषण एमाले महाधिवेशन उद्घाटनकै दोहोर्‍याए । र भाषणको अन्तमा आफ्ना केही माग पूरा गरेको भन्दै एमाले महाधिवेशन चितवनको उद्घाटनकै शैलीमा ओलीलाई धन्यवाद दिए ।

११ जसपा अध्यक्ष उपेन्द्र यादवले पनि एमाले महाधिवेशनकै भाषण दोहोर्‍याउँदै शुभकामना दिँदा आफ्नै पार्टीको नाम जनता समाजवादी नेपाल मात्र भने । उनले पूरै समय लिखित भाषण गरे ।

१२ कार्यक्रम संचालक विश्वप्रकाश शर्माले मञ्चमा नेताहरूलाई बोलाउँदा खासै वास्ता नगरेका दर्शकले माधव नेपाल र केपी ओलीलाई भने ताली र हुटिङले स्वागत गरेका थिए ।

१३ भाषण गर्न माइक समाएका प्रचण्डले नेतालाई चोर भन्छन् भनेर भन्ने नगरेको शैलीले हात हल्लाए पनि दर्शक दीर्घाबाट भने लामो समय हो भनेर हुटिङ भइरह्यो । त्यसपछि प्रचण्डले आफ्नो भनाइ अन्तै मोडेका थिए ।

१४ भाषणका लागि मञ्चमा पुगेका एमाले अध्यक्ष ओलीले देउवालाई पूर्वप्रधानमन्त्री भनेर सम्बोधन गरे । तर, भाषणका क्रममा भने उनले देउवालाई प्रधानमन्त्रीकै रूपमा सम्बोधन गरेका थिए । देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै आएका ओलीले हाँस्दै पूर्वप्रधानमन्त्री भनेका कारण उनको व्यंग्य भएको प्रष्ट झल्किन्थ्यो ।

१५ पोडियममा पुग्नुअघि ओलीले देउवासँग बोल्ने अनुमति मागेका थिए । जबकि अरु नेता सरासर गएर बोलेका थिए ।

१६ ओलीले टिप्पणी गर्दिनँ भन्दै शुभकामना मन्तव्य दिन सुरु गरे, भृकुटीमण्डप क्षेत्रमा बिजुली गएपछि उनले केहीबेर माइक ठोके र कुर्सीमा गएर बसे । तर केहीक्षणमै बत्ती आएपछि प्रवक्ता शर्माले पुनः बोलाएपछि छोटो मन्तव्य राखेर उनी बिदा भए ।

१७‍ का‌ंग्रेस सभापति देउवाले बोल्नुअघि नै अतिथि नेताहरू मञ्चबाट बाहिरिए ।

१८ दलका नेताहरुका शुभकामना सकिएपछि कांग्रेस पदाधिकारीको शुभकामना मन्तव्य र नाचगान सँगसँगै चल्यो ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : ३८ बजे

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा