पौडेल समूहमा सहमति भएन, चारै जनाले दाबेदारी छाडेनन् « Khabarhub

पौडेल समूहमा सहमति भएन, चारै जनाले दाबेदारी छाडेनन्


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभापतिको टुंगो लगाउन भन्दै कांग्रेस संस्थापन इतर समूहको निर्णायक बैठक शुक्रबार साँझ बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्यो। सभापतिका चारैजना आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालासहितको बैठकले सहमति जुटाउन सकेन ।

बैठकमा महामन्त्री डा.शशांक कोइरालाले सभापतिमा आफ्नो दाबी यथावत रहेको अडान राखेका छन् । सभापतिको अडान राखेर उनी बैठकबाट बाहिरिएका छन् । शुक्रबार महाधिवेशन उद्घाटन भएको छ । शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ता गर्ने समय आइसक्दा पनि पौडेल समूहले सभापतिबारे निर्णय गर्न सकेको छैन।

संस्थापनबाट भने शेरबहादुर देउवा फेरि सभापतिको उम्मेदवार बन्ने भएका छन् । संस्थापनले पनि अन्य पदाधिकारी भने टुंगो लगाएको छैन ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : २५ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक