महामन्त्री खड्का प्रतिवेदन वाचन गर्दै, प्रतिनिधिहरू गफमा व्यस्त « Khabarhub

महामन्त्री खड्का प्रतिवेदन वाचन गर्दै, प्रतिनिधिहरू गफमा व्यस्त


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस बन्दसत्रको दृश्य अव्यवस्थित देखिएको छ । बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन् ।

यतिबेला महमहामन्त्री पूर्णबहादुर खड्काले महामन्त्रीको प्रतिवेदन बाचन गरिरहेका छन् । प्रतिवेदन सुन्नमा कसैको ध्यान छैन ।

उम्मेदवार बन्दसत्र भित्रै प्रचार गरिरेहका छन् भने प्रतिनिधि उम्मेदवारसँग गफ गर्न व्यस्त छन् । मञ्चमा सभापति शेरबहादुर देउवा प्रतिवेदन हेरिरहेका छन् भने अरू नेता साइड गफ गरिरहेका देखिन्छन् ।

प्रतिवेदन उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार र नेता सुनिल थापाले सुनिरहेका छन् ।

बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् । बन्दसत्रमा कृष्ण सिटौला पनि उपस्थित छैनन् । उनको टिमका प्रदिप पौडेल भने बन्दसत्रमा उपस्थित रहेका छन् ।

पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : १५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा