कांग्रेसको पाहुना बनेका कम्युनिष्टहरु जब आपसमै कटाक्ष गर्न थाले | Khabarhub Khabarhub

कांग्रेसको पाहुना बनेका कम्युनिष्टहरु जब आपसमै कटाक्ष गर्न थाले


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा शुक्रबार पाहुना बनेर भृकुटी मण्डप पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक अर्कालाई सम्बोधन गर्न नै उचि ठानेन् । तीनमध्ये सबैभन्दा पहिला माधव नेपालले सम्बोधन गरेका थिए ।

नेपालले नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरे तर देउवासँगै बसेका प्रचण्ड र ओलीलाई भने सम्बोधन गरेनन् ।

त्यसपछि उनले नेपालका सबै प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा साथीहरु भन्दै सिधै भारतबाट आएका विदेशी पाउनाहरुलाई सम्बोधन गरे ।

एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँग एउटै मञ्चमा उभिएका उनले ओलीलाई कटाक्ष गर्दै सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोप समते लगाए । नेता नेपालले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए।

नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत कटाक्ष गर्न छोड्नन् । उनले पूर्वराजा शाहलाई नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नभएको भन्दै नयाँ पार्टी खोल्न समेत सुझाव दिन भ्याए । उनले भने, ‘अब राजाले पनि एउटा पार्टी खोले हुन्छ, हैन भने कुनै एउटा व्यवसाय खोलेर बसेहुन्छ ।’

नेपाली राजनीतिको विकृत भ्रष्टाचार, सत्ताको दुरुपयोग, मैमत्त गर्ने प्रवृति, लोकतन्त्रको मुल्य र मान्यतालाई कुल्चिने प्रवृति अरुलाई सम्मान नगर्ने, अपमान गर्ने, अरुको मर्यादा नराख्ने प्रवृतिबाट नेपाली राजनीतिमा विकृति बढेको उनले बताए । उनले भने, ‘साँचो अर्थमा हामी लोकतन्त्र चाहान्छौँ भने लोकतन्त्रको मूल्य र मान्यतालाई हामीले आत्मसाथ गर्न सक्नुपर्छ ।’

त्यसपछि सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सबैभन्दा पहिला देउवालाई सम्बोधन गरे ।

त्यसपछि उनले पनि सिधैँ पूर्वप्रधानमन्त्रीज्यूहरु भन्दै महाधिवेशनमा उपस्थित सबैलाई एकमुष्ठ सम्बोधन गरे ।

प्रचण्डले सुरुमै ओलीलाई इंगित गर्दै भने, ‘अघि यहाँ भारतीय जनाता पार्टीका नेता र पूर्व मन्त्रीले एउटै मञ्चमा एकैपटक यतिधेरै पूर्वप्रधानमन्त्रीलाई देखेको थिएन भनेर सुखद आश्चार्य प्रकट गर्नुभयो ।, म उहाँलाई अर्काे सुखद आश्चार्य के सुनाउन चाहान्छु भने यी सबै पूर्वप्रधानमन्त्रीहरु एकले अर्कालाई बनाएका पूर्वप्रधानमन्त्रीहरु हुन् । यो अनौठो संस्कृति नेपालमा राम्रोसँग देखिएको छ ।’

प्रचण्डले राजनीतिक पार्टीमा जसले एक्लै हिड्ने अहंकार गर्याे त्यसको ओरोलो यात्रा सुरु भयो भन्ने कुरा नेपालको इतिहासले देखाएको छ भन्दै ओलीलाई अर्काे कटाक्ष गरे ।

यस्तै केपी शर्मा ओलीले पनि देउवालाई मात्रै सम्बोधन गरे । ओलीले सुरुमै मेरो पुराना मित्र शेरबहादुर देउवा भनेर सम्बोधन गरेका थिए।

उनले भने, ‘महाधिवेशनमा बधाई दिन आएको हुँ कसैको कुरामा बाद प्रतिवाद गर्न आएको होइन ।’ उनले माधव र प्रचण्डलाई लक्षित गर्दै भने, ‘म मेरो राजनीति आफ्नै मञ्चहरुमा प्रयाप्त रुपमा गर्न सक्छु मलाई मञ्चहरुको कमी छैन ।’

ओलीले प्रचण्डलाई कटाक्ष गर्दै भने, ‘केही साना दलहरुलाई कांग्रेसले औँलो समाउन दिएन भने के होला भन्ने चिन्ता छ, सधैँ मिलेर जानुपर्छ भनेको मात्र सुन्छु । सँगै जाने सरकारमा मात्रै हो कि देश बनाउन सँगै जाने हो ?’, उलने प्रश्न गरे । देश बनाउन सँगै जाने कुरामा नेकपा एमालेले सदैव नेपाली कांग्रेसको साथ दिने उनले बताए । ‘सरकारबाट बाहिरिनुपर्ला भन्ने कतिपयलाई डर होला,’ उनले प्रचण्ड र माधवलाई इंगित गर्दै भने ।

नेकपाकालीन झगडाको तुष

वाम गठबन्धन बनाएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र २०७४ को निर्वाचनमा होमिएका थिए ।

ओली र प्रचण्डको मिलनलाई जनताले पनि स्वीकार गरे र झण्डै दुईतिहाई बुहमतसहितको गठबन्धन सरकार बन्यो ।

प्रधानमन्त्री बन्नूपूर्व प्रचण्डसँग साढे दुई वर्षपछि सरकार र पार्टीको नेतृत्व आलो–पालो गर्ने सहमति गरेका ओलीले पुरै कार्यकाल आफ्नै पोल्टोमा पार्न खोजेपछि ओली र प्रचण्डबीच पानी बार–बारको सम्बन्ध बनेको हो ।

सम्झौता अनुसार अढाई वर्षपछि पार्टीको अध्यक्षमा पूर्णअधिकार आफ्नो हातमा आउने विश्वास लिएका प्रचण्डलाई ओलीले न त अध्यक्षको पूर्ण जिम्मवारी नै दिए न त प्रधानमन्त्रीको सिट नै छोडिदिए ।
धेरैपटकको छलफल र सम्झौतापछि प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष बनाउन ओली सहमत भए । तर, प्रचण्डले पार्टीमा प्रभाव जमाउन भने सकेनन् ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नपाउने भएपछि प्रचण्डले माधवकुमार नेपाल समूहसँग सहकार्य गरेर ओलीलाई संसद अधिवेशनमा अल्पमतमा पार्ने र हटाउने नीति लिए ।

तर ओलीलाई अल्पमतमा पार्ने प्रचण्डको सपना पुरा नहुँदै ओलीले संसद विघटन गरेर नेकपालाई विभाजनको विन्दुमा पु¥याइदिए ।

दुई पटक संसद विघटन गरेपछि ओलीको माधव नेपालसँगको सम्बन्ध पनि विग्रियो । ओलीले नेपाललाई र नेपालले ओलीलाई पार्टीबाट निष्कासन गर्ने र कारबाही गर्ने काम पनि यसैबीचमा भयो ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएसँगै प्रचण्ड र माधव समूह पनि अलग भयो ।

सर्वाेच्चको आदेशपछि प्रधानमन्त्री बनेका देउवाले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याए र माधव नेपालले एमाले विभाजन गरे ।

पार्टी विभाजनपछि ओली र नेपाल पहिलो पटक कांग्रेसको १४ औँ महाधिवेशनमा एउटै मञ्चमा उभिएका हुन् ।

गत मंसिर १० गते भएको एमालेको महाधिवेशन उदुघाटन समारोहमा ओलीले नेपाललाई निम्ता समेत गरेनन् भने मंसिर १५ गते राप्रपाको महाधिवेशन उद्घाटन सत्रमा नेपाल पुगे तर ओली गएनन् । यसरी पानी बाराबारको सम्बन्ध बनाएका यी तीन नेता अहिले एकले आर्काको अनुहार समेत हेर्न चाहाँदैनन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : ३६ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त