पौडेल पक्षलाई कुर्दाकुर्दै सकियो बन्द सत्र | Khabarhub Khabarhub

पौडेल पक्षलाई कुर्दाकुर्दै सकियो बन्द सत्र


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको बन्दसत्र समापन भएको छ ।

शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राति पौने ९ बजे बन्दसत्र सुरु भएको थियो ।

बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा तयार गरिएको प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन पास भएका छन् । प्रतिवेदन पास भएसँगै सभापति शेरबहादुर देउवाले बन्दसत्र समापन गरेका छन् ।

बन्दसत्र अवधिभर संस्थापन इतरका नेताहरुको कुर्सी भने खाली नै रहे । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि भन्दै वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेपछि बन्दसत्रमा उनी पक्षका नेताहरुको उपस्थिति नभएको हो । नेता कृष्णप्रसाद सिटौला पक्ष पनि छलफलमा रहे पछि उनी बन्दसत्रमा उपस्थित भएनन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : ४६ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको