कसरी क्यान्सरमा उपयोगी हुन्छ काँचो लसुन र प्याज ? « Khabarhub

कसरी क्यान्सरमा उपयोगी हुन्छ काँचो लसुन र प्याज ?


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकांश नेपालीको भान्सामा दैनिक स्वादका लागि खानामा प्याज र लसुन मिसाउने गरिन्छ । तर धेरैलाई थाहा नहुन सक्छ लसुन प्याजले स्वाद बढाउनुका साथै शरीरमा क्यान्सरसँग लड्ने क्षमता पनि बढाउँछ ।

लसुन र प्याजमा क्यान्सर बिरोधी यौगिक पाइन्छ । जसले क्यान्सरको बिरामी हुनबाट रोक्ने सामथ्र्य राख्दछ । यसमा रहेको यौगिक र रसायनले केही प्रकारको क्यान्सरको कोशिका शरीरमा बढ्न दिदैन । कसरी क्यान्सरबाट बचाउँछ त लसुन र प्याजले ?

१. प्याज र लसुनमा रहेको यौगिकले इन्जाइम्सलाई बढाव दिन्छ जसले कार्सिजेनिक तत्व बढ्नबाट रोक्दछ । त्यसलाई नष्ट गर्छ । कार्सिजेनिक शरीरमा क्यान्सर पैदा गर्ने तत्व हो ।

२. प्याज र लसुन दुबैमा एन्टि अक्सिडेन्ट हुन्छ, जो फ्रि रेडिकल्स डिएनए कोसिकामा नोक्सान पुग्नबाट बचाउँछ । यसैले क्यान्सरबाट बचाउनका लागि दुबै उपयोगी हुन्छ ।

३. प्याजको सेवनले कोलोन क्यान्सरको खतरा ५६ प्रतिशत र ब्रेस्ट क्यान्सरको खतरा २५ प्रतिशतले कम हुन्छ ।

४. लसुनले प्रोस्टेट र ब्रेस्ट क्यान्सरका साथै अन्य धेरै प्रकारको क्यान्सरबाट बचाउन ठुलो सहयोग गर्दछ ।

कसरी प्रयोग गर्ने ?

प्याज र लसुनबाट स्वास्थ्य लाभ लिनका लागि यसलाई काँचो सेवन गर्नु उत्तम मानिन्छ । प्याज काटेर १५ मिनेट छाड्ने र त्यसपछि मात्र सेवन गरेमा एन्टि क्यान्सर गुण बढ्दछ ।

सातामा एक केस्रा लसुन सेवन गर्दा कोलोन क्यान्सरको सम्भावना ३० प्रतिशतले कम हुन्छ । सातामा पाँच केस्रा लसुन सेवन गर्दा पेटको क्यान्सरको खतरा कम हुन्छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : ५८ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका