नकारात्मक टिप्पणी गर्ने बानी वा भावना हटाउने १२ उपयोगी टिप्स | Khabarhub Khabarhub

नकारात्मक टिप्पणी गर्ने बानी वा भावना हटाउने १२ उपयोगी टिप्स


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसमा सकारात्मक र नकारात्मक भावना हुने गर्दछ । समय, परिस्थीती र वातावरण अनुसार मानिसको भावना बदलिरहन्छ । तर, अहिलेको समयमा धेरै मानिसले जे बिषय वा कुरामा पनि खोट लगाउने वा नकारात्मक भावन राख्दछन् । यस्तो प्रवृत्तिले उनीहरुलाई हानी गर्दछ । त्यसैले कसरी आफूलाई सकारात्मक बनाउने त ?

स्मरण राख्नुहोस्, तपाई कुनै कुरामा नकारात्मक हुनु भयो वा नकारात्मक चर्चा गर्नु भयो भने यसले हामीलाई सुखी हुन दिदैन । तसर्थ हामीले नकारात्मक कसरी नहुने ? वा नकरात्मकता के हो ? भनेर बुझ्न जरुरी छ ।

के हो नकारात्मकता ?
नकारात्मकता अर्कोको काममा कमजोरी मात्र खोज्ने प्रवृत्ति हो । यो त्यसबेला हुन्छ जब हामी आफ्नै कामबाट सन्तुष्ट हुन सक्दैनौ । अझ कुनैपनि कुरालाई जानाजान गलत ढंगले हेर्दा वा बुझ्दा केवल अर्काको प्रगतिमा इष्र्या पैदा हुन्छ तपाईको व्यक्तिवत्व विकास हुदैन । यो राम्रो कुरा सुन्ने बानीको विकास नहुदा पनि हुने गर्दछ । कालान्तरमा यस प्रकारको भावनाले आफूमा हिनताबोध पैदा हुदै जान्छ ।

नकारात्मक हुनबाट कसरी बच्ने ?
१. नकारात्मक हुनबाट रोक्न पहिले नकारात्मक टिप्पणी मात्र गर्ने साथीबाट टाढा हुनुहोस् ।
२. अरुको बारेमा राम्रो होस् वा नराम्रो कुनै पनि टिप्पणी गर्ने बानी त्याग्नुहोस् ।
३. अरुको काममा राम्रो पक्ष के छ ? त्यसको खोजी गरेर त्यसको मात्र चर्चा गर्नुहोस् ।
४. सोच्ने शैली नकारात्मक मात्र हुदैँ गएमा आफूमा कमजोरी छ भनेर बुझ्नुहोस् ।
५. आफू र आफ्नो कामलाई जिम्मेवार बनाउनुहोस्, आफू राम्रो बन्ने प्रयाश गर्नुहोस् ।
६. अरुको काममा टिप्पणी गर्नुअघि आफ्नो क्षमता र टिप्पणीको आवश्यकता खोज्नुहोस् ।
७. आफुलाई अरुसँग तुलना गरेर इष्र्याको भावना आउन नदिनुहोस् ।
८. अरुलाई पनि कसैसंग तुलना गरेर दाज्ने वा आँक्ने काम बन्द गर्नुहोस् ।
९. काममा असफलता हात लागेमा निरास हुनुको साटो असफलताबाट पाठ सिक्नुहोस् ।
१०. रुची अनुसारको काममा व्यस्त बनाउनुहोस् यसकालागी आफैलाई प्रेरीत गर्नुहोस् ।
११. वितेको कुरा वा भविष्यको चिन्तामा बग्नुको साटो वर्तमानमा बाँच्ने अभ्यास गर्नुहोस् ।
१२. प्रसंग वा बिना कारण पनि हाँस्नुहोस्, यसले पनि नकारात्मक सोंच आफै हट्छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ६ : १० बजे

तीन दलको सहमति : गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने

काठमाडौं- गृहमन्त्री रमेश लेखक त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा

बिरामीको विश्वास जित्दै बाजुरा अस्पताल, दिन थाल्यो शल्यक्रियाबाटै प्रसूति सेवा 

धनगढी– दुर्गमका अस्पताललाई रिफर सेन्टरको आरोप लाग्छ । ती अस्पतालको काम

कास्की कांग्रेसको चिन्तन : पोखरा कस्तो बनाउने

पोखरा– सुन्दर र पर्यटकीय नगरीका रूपमा परिचित छ पोखरा । प्राकृतिक

भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति

काठमाडौं– प्रतिनिधि सभामा कायम रहेको अवरोध अन्त्य गरी बैठक सुचारु

मानव तस्करीको आरोपबारे आरजु : करोड-करोड तिर्दा रहेछन्, शिक्षक पनि जागिरै छाडेर हिँड्ने रहेछन् !

काठमाडौँ – सन्‌ २०२४ जुलाईमा संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ