सुपरस्टार बन्नुअघि ऋतिक रोशन फिल्मी सेटमा कुचो लगाउथे, चिया पुर्याउथे « Khabarhub

सुपरस्टार बन्नुअघि ऋतिक रोशन फिल्मी सेटमा कुचो लगाउथे, चिया पुर्याउथे


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता ऋतिक रोशन सफल अभिनेता मानिन्छन् । उनी बलिउडमा ह्याण्डसम अभिनेताका रुपमा कहलिन्छन् । पिता राकेश रोशन निर्माता निर्देशक भएपनि ऋतिकलागी बलिउडको प्रवेश सहज थिएन ।

सन् २००० मा फिल्म कहो न प्यार है बाट ऋतिक रोशनले बलिउड प्रवेश गरेका थिए । तर फिल्ममा अभिनेताको भुमिका पाउनुअघि उनले कैयौं संघर्ष गर्नु परेको थियो । ऋतिकलाई काम सिकाउने भन्दै पिता राकेशले उनलाई आफ्नो फिल्मको सेटमा काम लगाउथे । ऋतिकले सेटमा कुचो लगाउनेदेखि कर्मचारीलाई चिया बाड्नेसम्मको काम गरेका छन् । पछि मात्र उनलाई पिता राकेशले असिस्टेन्ट डाइरेक्टर राखेका थिए ।

राकेशको फिल्म करण अर्जुनमा ऋतिक असिसटेन्ट निर्देशकका रुपमा काम गरेका थिए । जहाँ ऋतिकले निकै कष्ट भोग्नु पर्याे । कालान्तरम यस्तै कष्ट भोगेर काम सिक्दै गएपछि ऋतिक एक सफल अभिनेता बन्न सफल भए । उनले ६ बर्षको उमेरमा हजुरबुवा ओम प्रकाशको फिल्म आशामा बालकलाकारको भुमिका निर्वाह गरेका थिए । जहाँ उनको कमाई १ सय रुपैयाँ थियो ।

ऋतिक रोशन आज सुपरस्टार मानिन्छन् । उनको कहो न प्यार हैं, धूम २, अग्निपथ, जोधा अकबर, कृष, वारलगायतका फिल्म सुपरहिट छन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ११ : १५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान