डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित « Khabarhub

डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– हिमाली जिल्ला डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित भएको छ । ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा प्रभावित भएको छ। एक महिनादेखि डोल्पाबासीले कठिनाइ व्यहोर्दै आएका छन्।

जिल्लाको दुनै, जुफाललगायतका ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ। बारम्बार लाइन जाने गरेका कारण राम्ररी कुराकानी गर्न नसकिने गरेको स्थानीय बासिन्दा बताउँछन्।

मुड्केचुला गाउँपालिकाका स्थानीय हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास नभएको बताए। सदरमुकाम दुनैको फोन सेवा काम नलाग्ने भएको छ, कैयौंपटक डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै सुनिन्छ न त उताको नै,’ उनले भने।

दुनैको फोन सेवाले काम नगरेकै कारण फोन गर्नकै लागि घन्टौँ हिँडेर सदरमुकाम दुनै पुगेको उनले बताए। ‘पैसा भने काटिन्छ, कुराकानी हुँदैन,’ उनले गुनासो गरे। कमजोर सेवाका कारण हैरान भएपछि नागरिक, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू आफैँ दूरसञ्चार कार्यालय धाउन थालेका छन्।

‘फोन तथा इन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ, मिनेटमै हुने कामका लागि पनि घन्टौँ कुर्नु परिरहेको छ,’ डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले भने। जिल्लामा बाँडिएको एडिएसएल इन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंकहरू प्रभावित भएका छन्।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ०० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका