सामाजिक सुरक्षा कोषमा ३ खर्ब ६१ करोड, साढे २ करोड रकमको दाबी भुक्तानी | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा ३ खर्ब ६१ करोड, साढे २ करोड रकमको दाबी भुक्तानी



काठमाडौँ– सरकारले श्रमिकका लागि ‘नयाँ युगको सुरुवात’ भन्दै सुरु गरेको सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताहरुको आकर्षण घट्दै गएको छ ।

धेरै उत्साहका साथ सुरु भएको सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाता र श्रमिकको सहभागिता भने न्यून देखिएको छ । त्यसो त अघिल्लो वर्षको तुलनामा यस वर्ष कोषमा आवद्ध हुनेको संख्या एकदमै न्युन रहेको कोषका कर्मचारी बताउँछन् ।

यद्यपी कोभिड १९ का कारण सम्पुर्ण क्षेत्र ठप्प भएको र रोजगारदाताले रोजगारी गुमाएका कारण पनि कोषमा आवद्ध हुनेको संख्यामा कमी आएको बताउँछन् कोषका सुचना अधिकारी डा.रोशन कोजु ।

‘कार्यक्रम सुरु भएको पहिलो वर्ष २०७६ मंसिरसम्ममा कोषमा सुचीकृत रोजगारदाताको संख्या ११ हजार ७ सय ७० पुगेको थियो’ कोजुले खबरहबसँग भने, ‘कोभिडले नकरात्मक असर पुर्याएकाले पछिल्लो एक वर्षमा १ हजार २ सय २ वटा मात्रै थपिएका छन् तर निराश भइहाल्ने अवस्था भने छैन ।’

कोष स्थापनाको २ वर्ष बित्दा १३ हजार ५४ वटा रोजगारदाता र १ लाख ८४ हजार ५ सय श्रमिक कोषमा आवद्ध भएका छन् ।

एकातिर कोषले श्रमिक र रोजगारदाताको दायरा बढाउन लगानीको कार्यविधि ल्याउन नसक्दा कोषमा सहभागि हुन श्रमिकले रोजगारदातालाई दबाब दिएका छैनन् भने अर्कातिर कोषले पनि रोजगारदातालाई बाध्यकारी रुपमा सहभागि गराउन सकेको छैन ।

अहिले कोषमा रकम जम्मा गर्ने योगदानकर्ताको संख्या करिब ८० हजार नाघिसकेको छ । ‘बजार विस्तारै चलायमान हुदैँछ, पछिल्ला दिनहरुमा दैनिक १ करोडको हाराहारीमा रकम जम्मा हुन थालेको छ’ उनले भने ।

हालसम्म सामाजिक सुरक्षा कोषमा ३ अर्ब ६१ करोड ८० लाख ७४ हजार रुपैयाँ जम्मा भएको कोषका सुचना अधिकारी कोजुले जानकारी दिए ।

कुन प्रदेशमा कति आवद्ध ?

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने रोजगारदाता र श्रमिकको संख्या सबैभन्दा धेरै बाग्मती प्रदेशमा रहेको छ । बाग्मती प्रदेशमा ८ हजार ८ सय ३७ रोजगारदाता र १ लाख ३८ हजार ३ सय ३८ जना श्रमिक आवद्ध भएका छन् ।

त्यस्तै कोषमा कर्णाली प्रदेशका सबैभन्दा कम रोजगारदाता र श्रमिक आवद्ध भएको छ । पुस २० गतेसम्म कर्णाली प्रदेशका १ सय ३४ रोजगारदाता र ४ सय ५३ जना श्रमिक आवद्ध भएको कोषले जनाएको छ ।

कोषको तथ्याङ्क हेर्दा प्रदेश नम्बर १ मा १ हजार ८ सय ६० रोजगारदाता र १८ हजार ६ सय ५५ जना श्रमिक, प्रदेश नम्बर २ मा ५ सय ३२ रोजगारदाता र १३ हजार ५ सय १२ श्रमिक आवद्ध भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा ५ सय ९९ रोजगारदाता र ६ हजार ९ सय ९० श्रमिक, लुम्बिनी प्रदेशमा ९ सय ४२ रोजगारदाता र ५ हजार ९ सय ९ श्रमिक आवद्ध भएका छन् भने सुदुरपश्चिम प्रदेशमा १ सय ५० रोजगारदाता र ६ सय ७० श्रमिकहरु कोषमा आवद्ध भएका छन् ।

साढे २ करोड रुपैयाँ दाबी भुक्तानी

आवद्ध भएका श्रमिकको न्युनतम तलबको ३१ प्रतिशत रकममा श्रमिकहरुले आफ्नो तर्फबाट सञ्चय कोषमा जम्मा गर्ने १० प्रतिशत रकम, रोजगारदाताले राखिदिने १० प्रतिशत अनि श्रम ऐनअनुसारको काम सुरु गरेदेखि उपदानका लागि कटाईने ८ दशमलव ३३ प्रतिशत गरेर २८ दशमलव ३३ प्रतिशत रकम अहिलेसम्म सामाजिक सुरक्षाका लागि तिरेको १ प्रतिशत गरी हुन आउने २९ दशमलव ३३ प्रतिशतको साथमा रोजगारदाताले थप्ने १ दशमलव ६७ प्रतिशत गरी पुग्ने ३१ प्रतिशत रकम कोषमा आउने छ ।

उनकाअनुसार यो कुलमध्ये २८ प्रतिशत रकम पेन्सन योजना अन्तर्गत प्रयोग हुन्छ भने २ दशमलव ६७ प्रतिशत सामाजिक बीमाको लागि प्रयोग हुनेछ ।

यो बीमा सुविधा अन्तर्गत श्रमिकले मातृत्व सुरक्षा, बिरामी हुँदाको सुविधा, उपचार खर्च तथा व्यवसायजन्य रोग लागेमा खर्च गर्ने गरिने उनले बताए ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत हालसम्म १ हजार ५ सय ५५ जनाको बीमा दावी वापत २ करोड ५० लाखको हाराहारीमा भुक्तानी गरेको कोजुको भनाइ छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ४५ बजे

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी

अझै पुनःस्थापना हुन बाँकी छन् मुक्त हलिया

अत्तरिया– आज हलिया मुक्तिको १७ वर्ष पूरा भएको छ ।