नेपालले कतारी क्लबहरूसँग मैत्रिपूर्ण खेल खेल्ने « Khabarhub

नेपालले कतारी क्लबहरूसँग मैत्रिपूर्ण खेल खेल्ने


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले फेब्रुअरी अन्तिममा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने भएको छ ।

कतारको शीर्ष डिभिजन क्लबहरुसँग मैत्रिपूर्ण खेलको तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जानकारी दिएको छ ।

नेपालले क्लबका लागि प्रस्ताव गरेको छ तर, कुन क्लबसँग खेल्ने भन्ने भने केही दिनमा टुङ्गो लाग्नेछ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका लागि अहिले नेपाली टोली बन्द प्रशिक्षणमा व्यस्त छ । अभ्यासमा व्यस्त नेपाली टोलीले विश्वकप छनोटको छैठौं खेल मार्च २५ चाइनिज ताइपेइसँग खेल्नेछ भने त्यसको ५ दिन पछाडि अर्थात् ३० मार्चमा अस्ट्रेलियाको सामना गर्नेछ ।

विश्वकप छनोटको अभ्यासमा रहेको नेपाली टोलीमा अहिले ४४ जना खेलाडी छन् । सुरुमा ५८ जना बोलाइए पनि पहिलो चरणको छनोटबाट १४ जना खेलाडीलाई बिदा गरेसँगै अहिले ४४ जना बाँकी छन् ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएसँग कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी बाल गोपाल महर्जनले पाएका छन् । उनकै नेतृत्वमा टोलीले अभ्यास गरिरहेको छ ।

यसअघि कार्तिकमा नेपालले महर्जनकै नेतृत्वमा बंगलादेशसँग २ मैत्रिपूर्ण खेल खेलेको थियो । जसमा एक खेलमा २–० गोलको हार व्येहोरेको थियो भने अर्को खेलमा गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : १७ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई