वैशाखभित्रै नयाँ घर पाउँदै बिहुँ काउलेका भूकम्पपीडित « Khabarhub

वैशाखभित्रै नयाँ घर पाउँदै बिहुँ काउलेका भूकम्पपीडित


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– भूकम्प गएको पाँच वर्षपछि बागलुङमा एकीकृत बस्ती निर्माण शुरु भएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्‍याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई सापकोटा चोकमा एकीकृत बस्ती निर्माण शुरु गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ ।

एकाइ (भवन)का प्रमुख उमेशकुमार चौधरीका अनुसार ढिलै भए पनि एकीकृत बस्ती निर्माण शुरु गरिएको छ । अहिले एकीकृत बस्तीको भुइँतलाको डिपिसी सम्पन्न भएको छ । विसं २०७५ वैशाखमा भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपुर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार रु दुई लाख दिइएको थियो ।

एकीकृत बस्ती निर्माण गर्न प्रतिपरिवार रु तीन लाख र पूर्वाधार निर्माणका लागि प्रतिपरिवार रु चार लाख गरी एकीकृत बस्ती निर्माण सम्पन्न गर्नका लागि प्राधिकरणले जम्मा ९० लाख खर्च गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिइन ।

पाण्डेका अनुसार पछिल्लो समय बागलुङमा पुनर्निर्माण प्राधिकरणले गति लिएको छ । अहिलेसम्म ६६ प्रतिशतभन्दा बढी निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

भूकम्पपीडितको घर धमाधम निर्माण भइरहेको र केही महिनाभित्रै अरु पूर्वाधार निर्माणको कामसमेत शुरु गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का इञ्जिनीयर विक्रम सापकोटा बताउँछन् । “अहिले डिपिसीको काम भइरहेको छ, आगामी वैशाखभित्रै काम सक्ने लक्ष्य रहेको छ”, सापकोटाले भने, “सँगै बस्तीमा अरु पूर्वाधारको कामसमेत शुरु गरिनेछ ।”

भूकम्पले क्षति पुर्याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले जमिन भासिएपछि स्थानीय १० घरधुरीका बासिन्दा विस्थापित भएका थिए । विस्थापित परिवारलाई लालपुर्जा वितरण गरेको एक वर्षपछि घर निर्माण थालिएको र घर सम्पन्न भइसकेपछि सम्बन्धित परिवारको नाममा लालपुर्जा कित्ताकाट गरिनेछ । आगामी वैशाखभित्रै निजी आवास र पूर्वाधारको निर्माण सकेर हस्तान्तरण गर्ने प्राधिकरणको योजना छ ।

एकीकृत बस्तीमा घरसँगै सडक, विद्युत, खानेपानी, सार्वजनिक शौचालय, सार्वजनिक भवनलगायतका पूर्वाधारसमेत निर्माण गरिनेछ । बस्ती निर्माण स्थलमा सडक नपुगेका कारण निर्माण सामाग्री बोक्न समस्या भएको छ । भूकम्पमा चिरा परेको स्थान छोडेर अन्यत्रै स्थानीयवासीको घरमा आश्रय लिएर बसेका १० दलित परिवारले वैशाखभित्रै नयाँ घर पाउने भएका छन् ।

“भूकम्प गएको पाँच वर्षसम्म अरुकै घरमा आश्रित लिएर बस्न बाध्य भएका छौँ”, पीडित चिन्ते दमैले भने, “लालपुर्जा हातमा आएर घर निर्माण शुरु हुँदा ढिलै भए पनि नयाँ घर पाउने भएपछि खुसी छौँ ।”

जग्गा खरिद गर्न प्रतिपरिवार रु दुई लाख, पूर्वाधार निर्माणका लागि रु चार लाख तथा नमूना बस्ती निर्माणका लागि रु तीन लाख गरी प्रतिपरिवार रु नौ लाख खर्च लाग्ने छ । बस्ती तल र माथिबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण भएको र भूकम्पले जमिन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूगर्भ विभागको ठहरपश्चात अन्यत्रै एकीकृत बस्ती निर्माण गर्ने सुझावअनुसार प्राधिकरणले बस्ती निर्माण थालेको हो ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : ५५ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र