पृथ्वी जयन्ती : शालिकमा माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म (फोटोफिचर) | Khabarhub Khabarhub

पृथ्वी जयन्ती : शालिकमा माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म (फोटोफिचर)


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइएको छ ।

सोही क्रममा सिंहदरबारको पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको हो ।

राष्ट्रिय पोशाक तथा आआफ्ना लोक संस्कृति झल्कने भेषभूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुभावले र्‍याली गर्दै शालिकमा पुगेर माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गरेका थिए ।

विसं १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वी नारायण शाहले बाइसौँ– चौबीसौँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल खडा गरेका हुन । एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उनले त्यस बेला व्यक्त गरेका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रही आएको छ ।

२१ वर्षको उमेरमा गद्दी आरोहण गरेका पृथ्वीनारायणको पूरै जीवन नेपालको एकीकरणमै वितेर ५२ वर्षको उमेरमा विसं १८३१ माघ २ गते निधन भएको थियो । उनी र हाम्रा वीर पूर्खाको योगदान कै कारण दक्षिण एशियामा नेपाल मात्रै उपनिवेश हुनबाट जोगिएको थियो ।

पृथ्वीनारायण शाहलाई नेपालको परिचय र पहिचानका रुपमा लिने गरिन्छ । पृथ्वी जयन्तीकै अवसरमा रत्नपार्कस्थित शान्तिबाटीकामा वृहद नेपालको झण्डा प्रस्तुत गरिएको थियो ।

समाजका विभिन्न क्षेत्रका महानुभावको अगुवाइमा भएको उक्त कार्यक्रमपछि र्‍यालीले नगरका विभिन्न कार्यक्रमको परिक्रमा गरी भद्रकालीमा सभा गरेको थियो ।

उक्त सभामा बोल्ने वक्ताहरुले पृथ्वीनारायणको योगदानको कदर स्वरुप उनको तस्वीर अङ्कित मुद्रा निकाल्न, पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदाको घोषणा गर्न तथा दिव्य उपदेशलाई विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका थिए ।

पृथ्वी नारायण शाहको जीवनी झल्कने सङ्ग्राहलय स्थापना गर्न र जीवनीलाई लिएर राज्यकातर्फबाट वृत्तचित्र बनाउन पनि सो अवसरमा माग गरिएको थियो । सोही उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा त्यहाँ अवस्थित पृथ्वी नारायणको शालिकमा प्रधानसेनापति पूर्णचन्द्र थापासहित उच्च सैनिक अधिकृतले पुष्पहार र पुष्पगुच्छा अर्पण गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ६ : ५७ बजे

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।