दाहाल–नेपाल समूहद्वारा मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन « Khabarhub

दाहाल–नेपाल समूहद्वारा मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो ।

पार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरिएको दाहाल–नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

सो समूहले मुख्यमन्त्री राईसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको हो ।

नेकपाको संसदीय दलको विधान ०७६ बमोजिम तीन महिनाका लागि उनीहरुलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

दाहाल–नेपाल समूहले उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । निलम्बन गरिएका आठैजनालाई हुलाक र कुरियरबाट निलम्बनको पत्र पठाइएको सो समूहले जानकारी दिएको छ ।

यसअघि दाहाल–नेपाल समूहले पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेको थियो । त्यसपछिका बैठकमा उपस्थित नभएको र स्पष्टीकरण माग गर्दा नदिएकाले उनीहरुलाई निलम्बन गरिएको सो समूहले बताएको छ ।

दाहाल–नेपाल समूहले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । प्रदेश प्रमुख सोमनाथ अधिकारीले माघ ७ गते प्रदेशसभाको हिउँदे तथा सातौं अधिवेशन आह्वान गरिसकेको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : १२ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी