नयाँ श्रमिकका लागि साउदी खुला, दूतावासले माघ ११ देखि मागपत्र प्रमाणिकरण गर्ने « Khabarhub

नयाँ श्रमिकका लागि साउदी खुला, दूतावासले माघ ११ देखि मागपत्र प्रमाणिकरण गर्ने



दोहा– कोरोना महामारीका कारण रोकिएको साउदी अरेवियामा रोजगारीका लागि जाने नेपाली श्रमिकको मागपत्र प्रमाणीकरण आगामी माघ ११ गते अर्थात जनवरी २४, २०२१ देखि पुन: सुरु हुने भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै २०७६ फागुन ४ गते प्रकाशित सूचना अनुसार मागपत्र प्रमाणिकरणको काम अनलाइन प्रणाली मार्फत हुने जनाएको हो ।

कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको हुँदा साउदी सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना गरी मागपत्र प्रमाणिकरण गर्ने दूतावासले जनाएको छ ।

यसैगरी, साउदीले घोषणा गरेको श्रम सुधार योजना आगामी १४ मार्च २०२१ बाट लागू हुने हुँदा सो समेतलाई दृष्टिगत गरी मागपत्र प्रमाणीकरण भएपछि आउने कामदारहरु उक्त मितिपछि मात्र साउदीमा आउने व्यवस्था मिलाउन हुन सम्बन्धित इजाजतपत्रवाला संस्थाहरूलाई दूतावासले अनुरोध गरेको छ ।

कोभिड-१९ संक्रमण शुरू हुनु अगाडि मागपत्र प्रमाणीकरण गरी लगेका रोजगारदाताले आफ्नो कम्पनीमा ती मागपत्रबाट हालसम्म कामदार ल्याई नसकेको अवस्था भए यसरी आउने कामदारलाई विद्यमान अवस्थामा पनि रोजगारी दिन सक्षम छ भन्ने लागेमा सो पुष्टि गर्ने कागजातलाई च्याम्बर गरी पेश गर्न सकिने दूतावासले जनाएको छ ।

साथै, मागपत्र प्रमाणिकरणसँग सम्बन्धित विषयमा समस्या सिर्जना भई दूतावासका अधिकारीसंग भेटघाट गर्नैपर्ने अवस्था आएमा दूतावासले उपलब्ध गराएको इमेलमा वा टेलिफोन नम्बरमा अपरान्ह २ देखि ४ बजेसम्म मात्र सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

भेटघाटको लागि रोजगारदाता कम्पनीको हकमा मानव संशाधन व्यवस्थापक एचआर मेनेजर वा सो भन्दा माथिको प्रतिनिधि र इजाजतपत्रवाला संस्थाको हकमा संचालक वा प्रमुख स्वयं वा निजको वैदेशिक रोजगार विभागको परिचयपत्र वाहक प्रतिनिधि हुनुपर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ११ : ०१ बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले