उदारवादी प्रजातान्त्रिक देशमा चिनियाँ प्रभाव विस्तार | Khabarhub Khabarhub

उदारवादी प्रजातान्त्रिक देशमा चिनियाँ प्रभाव विस्तार



एक निर्दयी तातो सूर्यका मुनि सयौँ चिनियाँ कामदारले फराकिलो मरुभूमि नियाल्छन् । उनीहरू यसलाई नयाँ इजिप्टको नवीन मुटु बनाउन खोजिरहेका छन् ।

इजिप्सियन कम्पनीले तीन अर्ब अमेरिकी डलरमा चिनियाँ कम्पनीसँग सम्झौता गरेर मरुभूमिमा कामदारहरू खटाएको छ । उनीहरूले त्यहाँ २१ वटा भव्य महल ठड्याउने छन् । ती महल स्थानीय शासकका दरबारभन्दा पनि अग्ला हुनेछन् ।

इजिप्टको मरुभूमिमा चिनियाँ उपस्थिति चीनको बढ्दो विश्वव्यापी प्रभावको चिनारी हो । सयौँ वर्षको एक्लोपन र कमजोरीपछि चीन पुनः उदय भइरहेको छ । इजिप्ट र अन्य ठाउँमा उद्योगहरू स्थापना गरेर चीनले भूराजनीतिक प्रभाव बढाइरहेको छ भने त्यहाँको पूँजी पनि हत्याइरहेछ । प्रत्यक्ष लगानीमार्फत् चीनले त्यहाँका सरकारमा पनि आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।

इजिप्ट अमेरिकाको पुरानो गठबन्धन शक्ति हो । स्वेज नहरलाई नियन्त्रण गर्ने प्रमुख देश इजिप्ट हो । यो नहरमा पहुँच स्थापना गरेर चीनल संसारभरि नै आफ्नो पहुँच विस्तार गर्न चाहन्छ । भविष्यको एउटा धरोहर बनाइदिँदै गर्दा चीनले उक्त नहरका पहरेदार इजिप्टका राष्ट्रपति अब्दुल एल–सीसीलाई प्रभावमा लिइसकेको छ । आफ्नो उद्देय पूरा गर्न पनि राष्ट्रपति सीसी चीनसँग भर पर्नुपर्ने आवश्यकता छ ।

आर्थिक कारोबार र राष्ट्रिय सुरक्षाको मामिलामा चीनले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । अमेरिकाको पुराना प्रभाव क्षेत्रमा पनि ऊ प्रतिस्पर्धा गरिरहेको छ ।

आर्थिक क्रियाकलापसँगै चीनले आफ्नो कूटनीतिक प्रभाव पनि विस्तार गरिरहेको छ । चीनले अहिले अफ्रिकामा रेलमार्ग र राजमार्गहरू निर्माण गरिरहेको छ । ल्याटिन अमेरिकामा बन्दरगाह र पूर्वी युरोप र दक्षिण एसियामा ऊर्जा केन्द्रहरू निर्माण गरिरहेछ । दक्षिण चीन सागर (साउन चाइना सि) मा सैन्य शक्ति विस्तार गरेलगत्तै चिनियाँ व्यवसायीहरू दक्षिणपूर्वी एसियामा इन्टरनेट कम्पनीहरूको निर्माणमा केन्द्रित भएका छन् ।

केही दशक अघिसम्म पनि सीमापार कारोबारमा चीनको मुख्य उद्देश्य ऊर्जा, खानी र अन्य स्रोतहरूमा पहुँच स्थापना गर्नु थियो । त्यतिबेला पश्चिमले सम्बन्ध नै कायम राख्न नचाहने इरान, सुडान र म्यानमारसँग चीनले सम्बन्ध विस्तार गरेको थियो ।

यसबेला चीनको विदेश नीतिको एउटैमात्र उद्देश्य थियो– स्वंय शासन गरिरहेको ताइवानको कूटनीतिक मान्यता खोस्नु र यो टापुमाथि बेइजिङको दावा स्थापित गर्नु । अन्य विवादित टापुमाथि छिमेकीहरूसँग आफ्नो दाबी गरे पनि उसले त्यहाँ अमेरिकी जलसेनाको प्रभुत्व भने स्वीकार गरेको थियो ।

अब ती दिन सकिएका छन् ।

राष्ट्रपति सि चिनफिङको आक्रामक नेतृत्वमा चीनले यी पुराना सीमाहरू नाघिसकेको छ । उसले अमेरिकी प्रभुत्वसहितको विश्व व्यवस्था अस्वीकार गरेको छ । राष्ट्रिय पुनर्जागरणमा जोड दिएको छ । आर्थिक कारोबार र राष्ट्रिय सुरक्षाको मामिलामा चीनले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । अमेरिकाको पुराना प्रभाव क्षेत्रमा पनि ऊ प्रतिस्पर्धा गरिरहेको छ ।

चिनियाँहरूको दृष्टिकोणमा चीनको यो विकास उसको ऐतिहासिक वास्तविकताको पुनर्स्थापना मात्र हो । बेइजिङ आफूलाई यसैको योग्य ठान्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको व्याख्याअनुसार चीनको आधुनिक इतिहास उपनिवेशले उसको दक्षता ध्वंस पारेको थियो । चीन त्यस्तो भूमि हो जसले कम्पास, बारूद र कागज पत्ता लगायो । प्रिन्टिङ प्रेस पत्ता लगायो । चीनले समृद्धिको शिखर छुँदा युरोप पछौटे अवस्थामै थियो । त्यसपछि ‘अपमानको शताब्दी’ सुरु भयो । बेलायतको अफिम व्यापारबाट सुरु भएको यो शताब्दी जापानको क्रुर हस्तक्षेपदेखि अमेरिकाको मानव अधिकारसम्बन्धी भाषणसम्म पुग्यो । अहिले चीन आफ्नो भाग्य निर्माण गर्न लागिपरेको छ ।

एसियाबाहेक अन्यत्र कतै पनि चीनको योजना स्पष्ट छैन । चीनले दक्षिण चीन सागरमा अमेरिकी नौसेनलाई धकेलेर एसियाली देशसँगको अमेरिकी व्यापार साझेदारी हत्याएको छ । अमेरिकाले बनाएको गठबन्धनमा चीनले खलल पुर्‍याइरहेछ ।

पूर्वी एसियाका लागि राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुख एवं हाल जर्ज वासिङ्टन विश्वविद्यालयका प्राध्यापक पाउल हिर भन्छन्, ‘चीन विश्व शक्ति बन्न चाहन्छ । चिनियाँहरू ठान्छन् संसारले उनीहरूलाई स्वीकार गर्नेछ र त्यसको बदलामा उनीहरूले अरू देशलाई उचित स्थान दिनेछन् ।’

तर, एसियाबाहेक अन्यत्र कतै पनि चीनको योजना स्पष्ट छैन । चीनले दक्षिण चीन सागरमा अमेरिकी नौसेनलाई धकेलेर एसियाली देशसँगको अमेरिकी व्यापार साझेदारी हत्याएको छ । त्यो क्षेत्रमा अमेरिकाले जापानदेखि सिङ्गापुर र अस्ट्रेलियासम्म निर्माण गरेको गठबन्धनमा चीनले खलल पुर्‍याइरहेछ ।

चीनको महत्वाकांक्षा असीमित छ । संसारभर पूर्वाधार निर्माण गर्ने परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ लाई उसले रेशम मार्गको पुनर्निर्माण भनेर व्याख्या गर्छ । रेशम मार्ग प्राचीन युगमा एसिया र युरोपबीचको व्यापार मार्ग थियो ।

‘सि चिन फिङले चीनको नेतृत्व गरिरहेका छन् जसले संसारका हरेक गतिविधि प्रभावित तुल्याएको छ,’ हङकङस्थित लिङ्नन विश्वविद्यालयका प्राध्यापक झाङ बाउहुइ भन्छन्, ‘पश्चिममा २००८ को आर्थिक मन्दी चीनका लागि महत्वपूर्ण मोड थियो । त्यसपछि नै बेइजिङले आफूलाई विजेता ठानेको थियो । र, पश्चिमको कमजोरीको फाइदा उठाउँदै उसले नयाँ आत्मविश्वासका साथ आफूलाई विश्व नेतृत्वको रूपमा दाबी गर्‍यो ।’

बाह्य विश्वसँग चीनको चासो उसको घरेलु आवश्यकतामा आधारित छ । उसले आफ्नो बजार विस्तार गरिरहेको छ, जसले गर्दा घरेलु बजारमा माग कम हुँदा पनि उसले विश्व बजार पाइरहन सक्छ । बढ्दो अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्मानको भरमा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो वैधता स्थापित गरिरहँदा उसले सैन्य क्षमता र प्रभाव पनि प्रदर्शन गरिरहेको छ ।

चीनको उदयले उसका छिमेकीहरूमा भने त्रास सिर्जना गरेको छ । प्राचीन व्यवस्थामा जस्तो उसले आफूलाई मध्य राजतन्त्र (मिडिल किङडम) को रूपमा स्थापित गर्ने हो कि भन्ने डर उनीहरूमा छ । त्यो कालमा धेरै शताब्दीसम्म अरू देशहरू चीनलाई साम्राज्यको रूपमा स्वीकार गर्न बाध्य थिए । आफ्नो व्यापार र शान्ति सुरक्षित राख्न उनीहरू आफूलाई चिनियाँ संरक्षित राज्यको रूपमा स्वीकार गर्न बाध्य थिए । उनीहरूले चिनियाँ सम्राटलाई उपहार र कर पठाउनुपर्थ्यो ।

प्रत्यक्ष लगानीमार्फत् आफ्ना साझेदारलाई ऋण पासोमा पारेर उनीहरूको सम्पत्ति हत्याएको आरोप अहिले बेइजिङलाई लाग्दै आएको छ । सन् २०१७ मा ऋण तिर्न नसकेपछि श्रीलंकाले आफ्नो बन्दरगाह नै चीनको हातमा थमाउने अवस्था आयो । मलेसियाले चीनले वित्तीय व्यवस्था गरेका दुई वटा परियोजना नै रद्द गर्‍यो । बाह्य देशबाट फिर्ता आउनुपरेको र देशैभित्र ऋण बढिरहेका कारण चीन अहिले आफ्नो विश्वबजारको पुनर्मूल्यांकन गर्दैछ । त्यसका बाबजुद उसको अर्थतन्त्र वृद्धि भइराखेको छ ।

दोस्रो विश्व युद्धपछि विश्वमा एकछत्र राज गरेका पश्चिमा राष्ट्रलाई चीन चुनौतीका रूपमा देखापरेको छ । अमेरिका लगायत दोस्रो विश्वयुद्ध जितेका देशहरूले विश्वमा एक किसिमको संस्थाको निर्माण गरे, जसले विश्वमा शान्ति, व्यपार र प्रतिस्पर्धा कायम राख्ने काम गर्‍यो । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषले पूर्वशर्तसहित आर्थिक सहयोग गर्न थाले । उनीहरू आफूले सहयोग गर्ने देशलाई मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना नगरेको आरोप पनि यदाकदा नलगाउने होइनन् ।

चीनले गर्ने आर्थिक सहयोगमा त्यस्तो खालको बाध्यकारी अवस्था हुँदैन । चीन, तानाशाही रूपमा भूराजनीतिक महत्वपूर्ण स्थानलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । अन्तर्राष्ट्रिय समुदायले बेइजिङको कदमको विरोध गर्दै गर्दा पनि चीन आफ्ना देशका कम्पनी पुगेको स्थानमा आफ्नो प्रभाव बढाउन उत्सुक देखिन्छ ।

अमेरिकालाई अन्ध राष्ट्रवाद (ट्रम्प) ले नेतृत्व गरेको अवस्थामा चीनले पश्चिम केन्द्रित विश्व व्यवस्थालाई झनै चुनौती दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध व्यापारयुद्ध छेडिरहँदा विश्वमा उदार अर्थतन्त्रको वकालत गर्ने अमेरिकी भूमिकामाथि नै प्रश्न उठ्न थालेको छ । चिनियाँ राष्ट्रपति सिले रिक्त रहेको यो ठाउँ भर्ने प्रयत्न गरेका छन् । उनी आफूलाई मूल्य मान्यतासहितको अन्तर्राष्ट्रिय नेताका रूपमा स्थापित गर्ने प्रयास गर्दै छन् ।

अमेरिकाले आफ्नो बौद्धिक सम्पत्ति चोरेको, चीनको राज्य नियन्त्रित कम्पनीलाई छुट दिएको र विश्व बजारमा आफ्ना उत्पादन थुप्रो लगाएको आरोप लगाउँदै गर्दा पनि चिनियाँ राष्ट्रपति सि अन्तर्राष्ट्रिय हिसाबमा नै आफूलाई नेतृत्वमा स्थापित गर्ने प्रयत्न गर्दै छन् ।

कोर्नेल विश्वविद्यालयमा चीन विज्ञका रूपमा कार्यरत जेशिका भिसी भन्छिन्, ‘अमेरिकाका कारण पनि चीनलाई अन्तर्राष्ट्रिय प्रक्रिया र कानुन नेतृत्वकर्ताको रूपमा स्थापित हुने महत्वपूर्ण अवसर प्रदान गरेको छ ।’

धम्कीपूर्ण प्रतिस्पर्धा र संलग्नता

यदि प्रस्तावित नयाँ रेशम मार्ग चिनियाँ कम्पनीका लागि विश्व बजारसम्म सामान पु¥याउने बाटो बन्यो भने यो पूर्व र मध्य युरोप वारपार भएर जानेछ ।

अहिलने नै चिनियाँ लगानीले ग्रीकको पाइरस बन्दरगाहलाई व्यस्त बनाइदिएको छ । यो बन्दरगाह र युरोपेली युनियन छिर्ने मुख्य द्वार हो, जहाँबाट ५० करोड उपभोक्तासँग पहुँच पु¥याउन सकिन्छ । त्यस्तै चीनले सर्बियाको राजधानी बेलग्रेडदेखि हङ्गरीको राजधानी बुडापेस्टसम्म पुग्ने द्रुत रेलमार्ग निर्माण गर्न पनि लगानी गर्ने वाचा गरेको छ । उसले यो क्षेत्रमा राजमार्ग, विमानस्थल, रेलमार्ग, बन्दरगाह र ऊर्जा केन्द्र निर्माण गर्ने वचन दिएको छ ।

यी सबै परियोजनाले ‘१६ जोड १’ (सिक्सिटिन प्लस वन) समूह निर्माण गर्न सघाउ पुर्‍याइरहेछ । यो मध्य र पूर्वी १६ वटा युरोपेली देश र चीनसहितको आर्थिक समूह हो ।

युरोपेली युनियनका अन्य देशका नेता भने यो आर्थिक समूहलाई उनीहरूको सङ्गठनमाथिको धावा ठान्छन् । अर्कोतर्फ पूर्वाधार निर्माणमा वित्तीय सहयोग दिँदै गर्दा चीनले आफूलाई युरोपेली युनियन विकास सहयोगको विकल्पको रूपमा प्रस्तुत गरिरहेछ ।

युरोपेली लगानी श्रम सुरक्षा र वातावरण संरक्षणको परियोजनासहित आउँछ । त्यस्ता लगानी ठेक्का प्रणालीमार्फत् स्वतन्त्र प्रतिस्पर्धाद्वारा प्रदान गरिन्छ । चीनले भने एकदमै सामान्य शर्तमा सहयोग प्रदान गर्छ । चिनियाँ कम्पनीले काम पाउनुपर्ने, चीनसँगको अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी हुनुपर्ने जस्ता सामान्य शर्तमात्र चिनियाँ लगानीसँग जोडिन्छन् ।

प्रजातन्त्रप्रति प्रतिबद्ध हुन युरोपेली युनियनले सिर्जना गरेको दबाब चिनियाँ लगानीले कमजोर बनाउँछ भन्नेमा युरोपेली युनियनका अधिकारीहरू चिन्तित छन् । पोल्यान्ड र हङ्गेरी सर्वसत्तावादतर्फ फर्किंदा युरोपेली युनियनले लगानी रोकिदिने धम्की दिएको थियो । त्यतिबेला दुवै देशले सरकार समर्थक न्यायाधीश नियुक्ति गरेका थिए भने प्रेस स्वतन्त्रता कुण्ठित गरिदिएका थिए ।

‘स्थानीय विषयहरूमा हस्तक्षेप नगरीकन मिलेर अघि बढ्दा यो दुबैका लागि फाइदाजनक सहकार्य हो’ हङ्गेरीका विदेशमन्त्री पिटर जिजार्तोले एक अन्तर्वार्तामा भनेका थिए ।

बुल्गेरियालाई आशा छ, चीनले बन्दरगाहसम्म जोडिने राजमार्ग निर्माण गरिदिनेछ । बुल्गेरियाली सरकारले युरोपेली युनियनले भनिरहेको चिनियाँ मानव अधिकार सूचकांक पनि वास्ता गरेको छैन ।

(गुडम्यान द टाइम्स पत्रिकाका विश्व अर्थतन्त्र सम्बन्धी संवाददाता र पर्लेज द टाइम्सका बेइजिङ ब्यूरो प्रमुख हुन् । द न्यूर्योक टाइम्समा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ८ : ०० बजे

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास

आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा