पोर्चुगलमा बिरामी परेका रवीन्द्र एनआरएनएको सहयोगमा स्वदेश फिर्ता « Khabarhub

पोर्चुगलमा बिरामी परेका रवीन्द्र एनआरएनएको सहयोगमा स्वदेश फिर्ता


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल- पोर्चुगलमा बिरामी परेका काभ्रेपलाञ्चोकका ३१ वर्षीय रवीन्द्र गौतमलाई एनआरएनएले आर्थिक सहयोग गरेर स्वदेश पठाएको छ ।

चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतम अल्सर र मानसिक समस्याबाट पीडित भएपछि गैरआवासीय नेपाली सङ्घको सहयोगमा बुधबार नेपाल पठाइएको हो ।

सङ्घका अनुसार उनले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए ।

केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको सङ्घका अध्यक्ष तिलक गैरेले जानकारी दिए ।

सङ्घले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।- रासस ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ९ : ४५ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा