सातौं पटक दोहोरो भूमिकामा शाहरुख | Khabarhub Khabarhub

सातौं पटक दोहोरो भूमिकामा शाहरुख


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–यशराज फिल्मस्को स्पाई युनिभर्स फिल्म ‘पठान’को सुटिङ पुरा भएपछि अभिनेता शाहरुख खान निर्देशक एटलीको फिल्ममा व्यस्त हुँदैछन् । शाहरुखको फिल्मका लागि उनको कम्पनी रेड चिलिज र एक ठूलो कम्पनीबीचको कुराकानी अन्तिम चरणमा पुगेको छ । यो त्यही फिल्म हो, जुन फिल्मका कारण अभिनेता सिद्धार्थ मल्होत्राले आफ्नो दोहोरो भूमिका वाला फिल्म निर्माण रोक्नु परेको थियो । किनकी शाहरुखले अभिनय गर्न लागेको एटलीको फिल्मको कथा सिद्धार्थको फिल्मसँग धेरै हदसम्म मिल्दथ्यो ।

समाचारअनुसार शाहरुखले दक्षिण भारतीय फिल्मका व्यस्त निर्देशक एटलीको जुन फिल्ममा काम गर्ने सहमति जनाएका छन्, त्यो फिल्ममा शाहरुखको दोहोरो भूमिका हुनेछ । यस्तै अर्को एक फिल्म ‘थाडम’ दक्षिण भारतमा रिलिज भइसकेको छ, जसमा अरुण विजयले प्रमुख भूमिका निर्वाह गरेका थिए । अरुणको फिल्ममा अनुसन्धानको क्रममा प्रहरीले आरोपीको अनुहार मर्ने व्यक्तिको जस्तै भएपछि कथाले नयाँ मोड लिएको देखाइएको थियो । तर एटलीको फिल्मको कथा कस्तो छ भन्ने केही खुलाइएको छैन ।

निर्देशक एटलीको पुरा नाम अरुण कुमार हो । उनले एस शंकरको फिल्महरु ‘एथिरन(हिन्दी)’ र ‘ननबन(‘थ्री इडियट्स’ रिमेक) सेटमा निर्देशन सिकेका थिए । स्वतन्त्र निर्देशकका रुपमा काम शुरु गरेपछि एटलीले तमिलमा ५ वर्षमा चार सुपरहिट फिल्म ‘राजा रानी’, ‘थेरी’, ‘मरसल’ र ‘बिजिल’ बनाए । एटलीको फिल्म हेरेपछि शाहरुखले उनलाई बोलाएर आफू काम गर्न इच्छुक रहेको जनाएका थिए ।

यो फिल्मको बजेट २ सय ५० करोड हुनेछ । शाहरुख अक्सर आफ्नो दोहोरो भूमिका हुने फिल्ममा अभिनय गर्न रुचाउछन् । निर्देशक महेश भट्ट निर्देशित फिल्म ‘डुप्लीकेट’ फ्लप भएपछि शारुखले दोहोरो भूमिकामा अभिनय गरेको तीन फिल्म ‘करण अर्जुन’, ‘डन’ र ‘ओम शान्ति ओम’ सुपरहिट भए । यसपछि उनले दोहोरो भूमिकामा अभिनय गरेका दुई फिल्म ‘रा वन’ र ‘फेन’ फ्लप भए ।
–एजेन्सी

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १२ : ४० बजे

महिलालाई आत्मनिर्भर बनाउँदै रामपुर 

रामपुर– रामपुर नगरपालिकाले महिलालाई लक्षित गरी सीप विकासमा जोड दिएको

प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाभरी सार्वजनिक बिदा

काठमाडौं– सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल

आफ्नै निर्णयविरुद्ध सक्रिय खेलकुद परिषद्

काठमाडौं – दुई वर्ष अघि नै राष्ट्रिय खेलकुद परिषद्ले नेपाल

अक्षय तृतीयाको दिन डोलेश्वरमा बिहानैदेखि भीड

भक्तपुर– सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा  आज बिहानैदेखि दर्शनार्थीका

रगतसँगै बगेर मुटुमा पुगेको पाइप चिरफारबिनै निकालियो

सुनसरी- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्डियोलोजी विभागका चिकित्सकको