सातौं पटक दोहोरो भूमिकामा शाहरुख « Khabarhub

सातौं पटक दोहोरो भूमिकामा शाहरुख


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–यशराज फिल्मस्को स्पाई युनिभर्स फिल्म ‘पठान’को सुटिङ पुरा भएपछि अभिनेता शाहरुख खान निर्देशक एटलीको फिल्ममा व्यस्त हुँदैछन् । शाहरुखको फिल्मका लागि उनको कम्पनी रेड चिलिज र एक ठूलो कम्पनीबीचको कुराकानी अन्तिम चरणमा पुगेको छ । यो त्यही फिल्म हो, जुन फिल्मका कारण अभिनेता सिद्धार्थ मल्होत्राले आफ्नो दोहोरो भूमिका वाला फिल्म निर्माण रोक्नु परेको थियो । किनकी शाहरुखले अभिनय गर्न लागेको एटलीको फिल्मको कथा सिद्धार्थको फिल्मसँग धेरै हदसम्म मिल्दथ्यो ।

समाचारअनुसार शाहरुखले दक्षिण भारतीय फिल्मका व्यस्त निर्देशक एटलीको जुन फिल्ममा काम गर्ने सहमति जनाएका छन्, त्यो फिल्ममा शाहरुखको दोहोरो भूमिका हुनेछ । यस्तै अर्को एक फिल्म ‘थाडम’ दक्षिण भारतमा रिलिज भइसकेको छ, जसमा अरुण विजयले प्रमुख भूमिका निर्वाह गरेका थिए । अरुणको फिल्ममा अनुसन्धानको क्रममा प्रहरीले आरोपीको अनुहार मर्ने व्यक्तिको जस्तै भएपछि कथाले नयाँ मोड लिएको देखाइएको थियो । तर एटलीको फिल्मको कथा कस्तो छ भन्ने केही खुलाइएको छैन ।

निर्देशक एटलीको पुरा नाम अरुण कुमार हो । उनले एस शंकरको फिल्महरु ‘एथिरन(हिन्दी)’ र ‘ननबन(‘थ्री इडियट्स’ रिमेक) सेटमा निर्देशन सिकेका थिए । स्वतन्त्र निर्देशकका रुपमा काम शुरु गरेपछि एटलीले तमिलमा ५ वर्षमा चार सुपरहिट फिल्म ‘राजा रानी’, ‘थेरी’, ‘मरसल’ र ‘बिजिल’ बनाए । एटलीको फिल्म हेरेपछि शाहरुखले उनलाई बोलाएर आफू काम गर्न इच्छुक रहेको जनाएका थिए ।

यो फिल्मको बजेट २ सय ५० करोड हुनेछ । शाहरुख अक्सर आफ्नो दोहोरो भूमिका हुने फिल्ममा अभिनय गर्न रुचाउछन् । निर्देशक महेश भट्ट निर्देशित फिल्म ‘डुप्लीकेट’ फ्लप भएपछि शारुखले दोहोरो भूमिकामा अभिनय गरेको तीन फिल्म ‘करण अर्जुन’, ‘डन’ र ‘ओम शान्ति ओम’ सुपरहिट भए । यसपछि उनले दोहोरो भूमिकामा अभिनय गरेका दुई फिल्म ‘रा वन’ र ‘फेन’ फ्लप भए ।
–एजेन्सी

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १२ : ४० बजे

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ