खुलामञ्च खाली गराउँदै महानगर | Khabarhub Khabarhub

खुलामञ्च खाली गराउँदै महानगर


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ ।

राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै काठमाडौँ महानगरपालिकालेती संरचना निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो ।

‘महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको निर्देशन अनुसार अहिले दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफल गरिरहेका छौँ,’ काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको हो । कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । अब हामी छिट्टै खुलामञ्च खुला गर्छौ ।’

पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्‍याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भै महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीको भनाई छ ।

‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूला–ठुला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्र भित्रको ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ,’ ज्ञवालीले भने ‘राष्ट्रिय महत्वका संरचना निर्माण हुने र ती संरचनाका लागि प्रयोग हुने निर्माण सामग्री जथाभावी सडकमा राख्दा सडकको स्वरुप नै विग्रिने भएकाले महानगरपालिकाले असल नियतले ठाउँ उपलब्ध गराएको हो । अब ती संरचना निर्माण सम्पन्न भएको अवस्थामा खुलामञ्च खुला गर्नुको अर्को विकल्प छैन ।’

ज्ञवालीले प्राचीन कालदेखि काठमाडौँको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै छाड्ने बताए । भ्यू टावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायी रुपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गर्ने ज्ञवालीको भनाई छ ।

‘भ्यु टावर निर्माणसँगै खुलामञ्चमा सरेको बसपार्क अहिले अस्थायी रुपमा सञ्चालनमा छ,’ ज्ञवालीले भने, ‘अस्थायी वसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठुला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदन अनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताए ।

‘ठेकेदार कम्पनीले पछिल्लो पटक दिएको प्रतिवेदन अनुसार ९० प्रतिशत बढी काम सम्पन्न भएको भनेका छन्,’ शाहले भने, ‘हामीले पनि ठेकेदारलाई जति सक्दो छिटो काम सम्पन्न गर्न भनेका छौँ । म अझै पनि उनीहरुसँग तुरुन्तै छलफल गरी जति सक्दो छिटो काम सम्पन्न गरी खुलामञ्च खुला गर्न निर्देशन दिन्छु ।’

उनले बाँकी निर्माण कार्यका लागि निर्माण सामग्री निर्माणाधिन अस्पताल भित्रै राखेर पनि गर्न सकिने रहेछ भने त्यसमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘हाम्रै परिसर भित्र निर्माण सामग्री राख्न सकिन्छ भने त्यो उपाय पनि गर्न हामी तयार छौँ,’ उनले भने, ‘खुलामञ्च सार्वजनिक ठाउँ हो । त्यसको उपादेयता अझ बढेको अवस्थामा सक्दो छिटो खाली गर्ने प्रयास गर्नुको विकल्प छैन ।’

वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले पनि खुलामञ्चमा थुपारेका निर्माण सामग्री हटाउन सकारात्मक रहेको जानकारी दिएका छन् । ‘हामी त्यहाँका सामग्री हटाउन सकारात्मक छौँ । निर्माणको काम अझै केही बाँकी रहेकाले र अझैसम्म कामदार त्यहाँ बसिरहेकाले केही समस्या भएको छ,’ उनले भने, ‘पार्किङ क्षेत्र हामी एक हप्ता भित्रै खाली गर्न तयार छौँ । मैले ठेकदारसँग पनि छलफल गरिसकेको छु । कोभिड, बजेट निकासामा भएको ढिलाइलगायतले समयमा काम सम्पनन गर्न नसक्दा केही ढिलाई भएको हो ।’

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि वीर अस्पताल र दरवार हाइस्कुल प्रशासनसँग निरन्तर छलफलमा रहेको भन्दै जति सक्दो छिटो खुला गर्ने तयारीमा रहेको जानकारी दिए । ‘दरवार हाइस्कुलको हस्तान्तरण भै पठन–पाठन सुरु भएको छ,’ सापकोटाले भने, ‘वीरको पनि ९० प्रतिशत बढी काम सम्पन्न भएको भनेपछि अब जतिसक्दो छिटो खाली गर्नुको अर्को विकल्प छैन ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  २ : १५ बजे

हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतको ११ लाख डलर योगदान

काठमाडौँ– संयुक्त राष्ट्रसंघमा हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतले ११ लाख

थाइल्याण्ड र भारतका सेनाको ‘मैत्री’ सैन्य अभ्यास सुरु

 काठमाडौँ– थाई सेनासँग भारतीय सेनाले संयुक्त सैन्य अभ्यास सुरु गरेको

विभिन्न पाँच सडकखण्ड अवरुद्ध, वीरगञ्ज डुबानमा

 काठमाडौँ– अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडकखण्ड

भोटेकोशी आयोजनामा हराएका दुई मजदुरको शव फेला

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी पहिलो

 युरोकप : आज इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्ने

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गतको क्वार्टरफाइनलमा आज