काठमाडौँ महानगरले माग्यो नेपाल भाषा पढाउने शिक्षक « Khabarhub

काठमाडौँ महानगरले माग्यो नेपाल भाषा पढाउने शिक्षक


२९ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम (नेपाल भाषा) अध्यापन गराउने शिक्षकको माग गरेको छ ।

खबरहबले गत माघ २६ गते काठमाडौँ महानगरले स्थानीय पाठ्यक्रम दियो शिक्षक दिएन भन्ने शीर्षकमा छापेको समाचारपछि महानगरको नेपाल भाषा व्यवस्थापन समितिको मिति २०७७ माघ २८ गतेको निर्णणअनुसार आन्तरिक स्रोतबाट पारिश्रमिक उपलब्ध गराउने गरी करार सेवामा १७२ जना शिक्षकको माग गरेको हो ।

१८ वर्ष पुरा भई ४० वर्ष ननाघेका योग्य नागरिकले दरखास्त दिन पाउने महानगरपालिकाले जनाएको छ ।

मानसिक अवस्था ठीक भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालबाट कसुरदार नठहरिएको र कम्तिमा एसईई र वा सो सरह उतिर्ण गरेका व्यक्तिले दरखास्त दिन पाउने महानगरको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल भाषा संरक्षण र सम्बद्र्धन गर्ने दर्तावाल संस्थाले नेपाल भाषा बोल्न लेख्न र प्रशिक्षण गर्न योग्य छ भनी दिएको सिफरिस पत्र आवश्यक पर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  २ : २२ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको