२४ घण्टामा ८१ कोरोना संक्रमित थपिए, १११ डिस्चार्ज  « Khabarhub

२४ घण्टामा ८१ कोरोना संक्रमित थपिए, १११ डिस्चार्ज 


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७१८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार ६६० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०५२ पुगेको छ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ४ : १५ बजे

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौं- मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर (झापा)- जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी