संसद् विघटन गलत हो: गगन थापा « Khabarhub

संसद् विघटन गलत हो: गगन थापा


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् विघटनले जनता मतको अपमान भएको बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज आयोजित ‘वर्तमान राजनीतिक अवस्था संवैधानिक सङ्कट, यसको निकास र आजको अवस्था’ विषयक विचार गोष्ठीमा उहाँले पाँच वर्ष सरकार चलाउन जनमत पाएका पार्टीको सरकारले संसद् विघटन गर्नु गलत भएको आरोप लगाए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद् विघटन संविधानको मर्म विपरीत भएको तर्क गर्दै सो कार्य कांग्रेसलाई स्वीकार्य नहुने बताए । उनले सरकारको पछिल्लो कदम सच्चिनुपर्ने समेत बताए ।

नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले सर्वोच्च अदालतले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए ।

संविधान विद् डा विपीन अधिकारीले संविधानमा संसद् विघटन प्रजातन्त्र र संविधानको मूल्य मान्यतालाई सर्वोच्च अदालतले रक्षा गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ६ : २८ बजे

भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको खोजी तीव्र

काठमाडौं– भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा

रसुवागढीको सुरुङभित्र कोही भेटिएनन्, सेनाको उद्धार टोली धुन्चे फर्कियो

रसुवा- रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत्

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

रसुवा– रसुवागढी जलविद्युत् केन्द्रका इन्जिनियर टीका पौडेलले भोटेकोशीमा गएको बाढीपछि