झाँक्री रिहाई माग गर्दै बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज (भिडियोसहित) « Khabarhub

झाँक्री रिहाई माग गर्दै बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज (भिडियोसहित)


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको विरोधमा वानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा झडप भएको छ ।

दाहाल-नेपाल समूह निकट युवा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो ।

सो क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगामुढा गरेको छन् भने ढुंगामुढाबाट प्रहरीको एउटा गाडीमा क्षति पुगेको छ ।
यस्तै प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको छ । दोहोरो झडप हुँदा राजधानीको नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो ।

प्रदर्शनमा उत्रिएकाहरुले झाँक्रीलाई होइन, बलात्कारीलाई पक्राउ गर्न भन्दै प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।

हेरौँ भिडियो

प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको जनाइएको छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताइन् । संविधानको पुनर्स्थापनापछि उनले राजनीतिलाई स्थायित्व दिने बताइन ।

राष्ट्रपतिलाई दिएको अभिव्यक्तिबारे उनले भनिन्,‘ यो व्यक्तिभन्दा पनि प्रवृत्तिको लडाइँ हो ।’

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ६ : २७ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको