रामकुमारी झाँक्री रिहा « Khabarhub

रामकुमारी झाँक्री रिहा


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) दाहाल–नेपाल समूहकी युवा नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् ।

प्रहरीले उनलाई पक्राउ परेको साढे ५ घण्टापछि रिहा गरेको हो । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।

श्रीमान् पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।

रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले लोकतन्त्रका पक्षधरसामु सरकार झुकेको प्रतिक्रिया दिएकी छिन् ।

‘मेरो विरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन, राजनीतिक प्रतिशोधका कारण मलाई नियन्त्रणमा लिने प्रयास गरेको रहेछ । पछिल्लो प्रतिगमनविरुद्धको आन्दोलमा मैले जसरी देशव्यापी उपस्थित हुँदा प्रस्तुत भएँ यसलाई ह्यार्‍यास्म्यान्ट गर्ने उद्देश्यले यो कदम चालिकएको जस्तो लाग्यो , ‘उनले भनिन् ,’यहाँ अरु केही भएन, दिनभरी सबैले दिनुभएको सहयोग र बढाउनुभएको दबाबका अगाडि प्रतिगमन झुकेको छ, हामीले जितेका छौँ, म यहाँबाट विनाशर्त निस्केको छु ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताइन् । संविधानको पुनर्स्थापनापछि उनले राजनीतिलाई स्थायित्व दिने बताइन ।

राष्ट्रपतिलाई दिएको अभिव्यक्तिबारे उनले भनिन्,‘ यो व्यक्तिभन्दा पनि प्रवृत्तिको लडाइँ हो ।’

प्रहरीले झाँक्रीलाई शंखमूलस्थित उनकै निवासबाट आज दिउँसो नियन्त्रणमा लिएको थियो । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोधसँगै र सरकारको आलोचना भएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ६ : २८ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का