ओली पक्षका अधिकांश नेता फर्किन्छन् : अध्यक्ष दाहाल (भिडियोसहित) « Khabarhub

ओली पक्षका अधिकांश नेता फर्किन्छन् : अध्यक्ष दाहाल (भिडियोसहित)


२९ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षका अधिकांश नेता तथा कार्यकर्ता मुल पार्टीमा फर्किने दावी गरेका छन ।

आफ्नो पक्ष मुल नेकपा भएको दाबी गर्दै अध्यक्ष प्रचण्डले ओलीपक्षका नेताहरु फर्किनको लागि आफूसँग निरन्तर संवादमा रहेको बताएका हुन ।

बिहीबार काठमाडौंमा नेकपा सोलुखुम्वुको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले मन्त्री, सांसददेखि अन्य नेताहरु निरन्तर आफूसंगको संवादमा रहेको भन्दै छिटै फर्कने तर्क गरे ।

हेरौँ भिडियो

प्रचण्डले पार्टी एकतादेखि नै ओलीले सहमति बेगर आफूखुसी काम गर्दै हिँडेकाले अहिलको अवस्था आएको बताए । पार्टी एकता गर्दा राजनितिक प्रतिवेदन र विधान गरी २ वटा आधार तय गरेको भन्दै उनले अब पनि सोही आधारमा पार्टीलाई मजबुद गर्दै लैजाने बताए ।

उनले ओलीले पार्टी फुटेको भन्दै भ्रम छरेकाले अनावश्यक भ्रममा नलाग्न पनि उनले आग्रह गरे ।

त्यस्तै नेकपा दाहाल–नेपाल पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले अहिलेको आन्दोलन पदका लागि नभएर संविधान र लोकतन्त्रको रक्षाको लागि भएको बताए ।

उनले निर्वाचन आयोग र अदालतले नियम र संविधान अनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष नेपालले अब केपी ओलीसंगको सम्बन्ध एकादेशको जस्तो भएको तर्क समेत गरे ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ७ : ३८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४