बुटवलको जनसभा ऐतिहासिक हुन्छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

बुटवलको जनसभा ऐतिहासिक हुन्छ : मुख्यमन्त्री पोखरेल


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देशसहित बुटवलमा गर्न लागिएको जनसभाको ऐतिहासिक हुने दाबी गरेका छन ।

सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पारे ।

फागुन १ गते आयोजना गर्न लागिएको जनसभा ऐतिहासिक हुने दाबी गर्दै उहाँले जनमत प्रकट गर्ने कुरा आन्दोलन नभई राष्ट्र निर्माणको अभियान भएको तर्क गरे ।

जनसभाबारेमा जानकारी दिन नेकपा प्रचार विभागले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका प्रदेश इञ्चार्ज पोखरेलले जनताको समर्थन र जनताको अपेक्षा के छ भन्नेबारे जनसभाका माध्यमबाट जनतालार्ई सुनाउन चाहेको बताए ।

प्रधानमन्त्रीलाई कमजोर पार्ने षड्यन्त्र भएकाले जनतामा जानु परेको बताउँदै नेता पोखरेलले प्रतिनिधिसभा विघटन विवादका विषय नभई विवादको परिणाम भएको स्पष्ट पारे ।

“प्रधानमन्त्रीलाई असफल पार्ने खेल गलत थियो भन्ने कुरा स्थापित गर्न चुनावमा जान आवश्यक परेको हो”, लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले भने, “प्रतिनिधिसभा विघटन परिस्थितिको बाध्यताका रुपमा रह्यो ।” निर्वाचनबाटै अहिलेको राजनीतिक सङ्कट हल हुने उनले बताउ ।

विसं २०५२ फागुन १ गते माओवादीका तर्फबाट जनयुद्धको थालनी भएकाले त्यो दिन नेपालको राजनीतिमा विशिष्ट भएको उल्लेख गर्दै पोखरेलले सोही दिन बुटवलमा पूर्वजनमुक्ति सेनाको भेलासमेत आयोजना गरिएको बताए ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उक्त जनसभामा दुई लाखको जनसहभागिता रहने पोखरेलले दाबी गरे ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ११ : ०७ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का