कोरोना खोप लगाइसकेकालाई ६ महिनासम्म कतार फर्किँदा क्वारेन्टाइनमा बस्नु नपर्ने « Khabarhub

कोरोना खोप लगाइसकेकालाई ६ महिनासम्म कतार फर्किँदा क्वारेन्टाइनमा बस्नु नपर्ने


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले कोभिड भ्याक्सिनका दुबै डोज लगाइसकेकाहरूलाई अब ६ महिनासम्म कतार फर्किँदा क्वारेन्टाइनमा बस्नु नपर्ने सुविधा दिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले कतार फर्कनु अघि खोपको दोस्रो डोज प्राप्त गरेको १४ दिन बितिसकेको हुनुपर्ने र यात्रापछि फर्कने क्रममा पीसीआर परीक्षण नेगेटिभ हुनुपर्ने जनाएको छ ।

१६ वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई पूर्ण खोप लगाइएको अभिभावकको साथ हरियो सूचीमा समावेश भएका देशहरूबाट कतार फर्कने अनुमति छ, यसरी फर्किनेहरुले अनिवार्य रुपमा ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि यो सुविधा ३ महिनाका लागि मात्र दिइएको थियो । दोस्रो डोज लगाएको १४ दिनपछि लिन पाइने यो सुविधा हाललाइ अन्य मुलुकमा भ्याक्सिन लगाएकाहरूले भने पाउने छैनन् ।

कतार सरकारको यो निर्णय संगै कतारमा कोभिड भ्याक्सिनका दुबै डोज लगाएर आफ्नो देश फर्किएर नेपालीसहित आप्रवासी श्रमिकहरुले ६ महिना भित्रमा पुन: कतार फर्किएमा क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ ।

यसअघि कतारले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले नेपाल छुट्टिमा गएर फर्किने श्रमिकलाई १ लाख भन्दा बढी खर्चको भार थपिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ९ : ४१ बजे

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न

सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो काठमाडौं महानगर

काठमाडौं–  काठमाडौँ महानगरपालिकाका यस वर्षको जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) जात्रा

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक