कोरोना खोप लगाइसकेकालाई ६ महिनासम्म कतार फर्किँदा क्वारेन्टाइनमा बस्नु नपर्ने « Khabarhub

कोरोना खोप लगाइसकेकालाई ६ महिनासम्म कतार फर्किँदा क्वारेन्टाइनमा बस्नु नपर्ने


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले कोभिड भ्याक्सिनका दुबै डोज लगाइसकेकाहरूलाई अब ६ महिनासम्म कतार फर्किँदा क्वारेन्टाइनमा बस्नु नपर्ने सुविधा दिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले कतार फर्कनु अघि खोपको दोस्रो डोज प्राप्त गरेको १४ दिन बितिसकेको हुनुपर्ने र यात्रापछि फर्कने क्रममा पीसीआर परीक्षण नेगेटिभ हुनुपर्ने जनाएको छ ।

१६ वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई पूर्ण खोप लगाइएको अभिभावकको साथ हरियो सूचीमा समावेश भएका देशहरूबाट कतार फर्कने अनुमति छ, यसरी फर्किनेहरुले अनिवार्य रुपमा ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि यो सुविधा ३ महिनाका लागि मात्र दिइएको थियो । दोस्रो डोज लगाएको १४ दिनपछि लिन पाइने यो सुविधा हाललाइ अन्य मुलुकमा भ्याक्सिन लगाएकाहरूले भने पाउने छैनन् ।

कतार सरकारको यो निर्णय संगै कतारमा कोभिड भ्याक्सिनका दुबै डोज लगाएर आफ्नो देश फर्किएर नेपालीसहित आप्रवासी श्रमिकहरुले ६ महिना भित्रमा पुन: कतार फर्किएमा क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ ।

यसअघि कतारले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले नेपाल छुट्टिमा गएर फर्किने श्रमिकलाई १ लाख भन्दा बढी खर्चको भार थपिएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ९ : ४१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी