कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने « Khabarhub

कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सउल- दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्न निर्देशन दिएको छ ।

स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो ।

स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण नगरे २० देखि ३० लाख कोरियन वनसम्म जरिवाना तिर्नुपर्ने हुनसक्ने बताइएको छ ।

पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केही कम्पनीमा कार्यरत विदेशी कामदारमा सामूहिक सङ्क्रमण देखा परेपछि स्थानीय सरकारले सो नियम ल्याएको हो ।

स्थानीय सरकारले कोरोना परीक्षणका लागि विदेशी काम गर्ने कम्पनीमा सम्पर्क गर्ने, विभिन्न माध्यमबाट सूचना दिनेलगायतका कार्य गरेर जानकारी दिएको जनाएको छ ।

कोरोना परीक्षण वैधानिक तथा अवैधानिक सबै कामदारले समेत अनिवार्यरूपमा गर्नुपर्नेछ । अवैधानिक कामदारको हकमा कुनै पनि परिचय खुलाउनुपर्ने छैन ।

परीक्षण सबैले निःशुल्करूपमा प्राप्त गर्नेछन । विभिन्न स्थानमा क्याम्प खडा गरी भइरहेको परीक्षणका सम्बन्धमा आफूले काम गर्ने कम्पनीको कार्यालयमा बुझ्दा कसरी परीक्षण गर्ने भन्ने कुराको पूर्ण जानकारी प्राप्त हुनेछ ।

ख्याङ्गिदो प्रान्तमा २५ हजार रोजगारदाताले विदेशी कामदार राखेको अनुमान गरिन्छ । व्यवसायको हकमा कम्पनीमा कम्तीमा एक विदेशी कामदार रहे पनि मार्च २२ सम्म अनिवार्यरूपमा कोरोना परीक्षण गरेको हुनुपर्ने निर्देशन गरिएको छ ।

हालसम्मको तथ्याङ्कअनुसार कोरियाको ख्याङ्गिदो प्रान्तमा रहने एक हजार ७४७ विदेशीले कोरोना भाइरस परीक्षण गरेका छन् ।- रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १० : २५ बजे

बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति

मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

काठमाडौं- इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी)

‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर

वन क्षेत्रका लागि जेसी योजना, लाभ बाँडफाँटमा ३५ प्रतिशत महिला अनिवार्य

काठमाडौं– वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक