तीन देशका राजदूतलाई नेपाली सेनाको सम्मान « Khabarhub

तीन देशका राजदूतलाई नेपाली सेनाको सम्मान


२७ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले तीन देशका राजदूतलाई सम्मान गर्ने भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रसंसापत्रद्वारा सम्मान गर्ने भएको हो ।

सेना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले तीन मुलुकका राजदूतलाई प्रसंशापत्रमार्फत सम्मान गर्ने कार्यक्रम छ।

कोरोना भाइरस (कोभिड–१९) मा नेपाली सेनामार्फत तीनवटै मुलुकले औषधि र स्वाथ्य सामाग्री सहयोग गरेका थिए। कोभिड–१९ मा चीनले नेपाली सेनामार्फत औषधि उपलब्ध गराएर सहयोग गरेको थियो भने भारतले औषधि र भेन्टिलेटर सहयोग गरेको थियो। अमेरिकाले स्वास्थ्य सामाग्री सेनामार्फत नेपाललाई सहयोग गरेको थियो।

सामरिक दृष्टिले महत्वपूर्ण अर्थ राख्ने तीनवटै मुलुकले उल्लेखनीय सहयोग गरेपछि सेनाले दक्षिण एसियाको शक्ति सन्तुलनको सन्दर्भलाई जोडेर तीन देशका राजदूतलाई प्रसंशापत्रमार्फत सम्मान गरेको रुपमा हेरिएको छ।

सेनाको यो सम्मानले कुटनीतिक र रणनीतिक अर्थ राख्ने जानकारहरुले बताएका छन्। नेपाली सेनाले विश्वका शक्ति राष्ट्रसँग समान सम्बन्ध राख्न खोजेको अर्थका रुपमा पनि यो सम्मानलाई हेरिएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ११ : ३९ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता