तीन देशका राजदूतलाई नेपाली सेनाको सम्मान « Khabarhub

तीन देशका राजदूतलाई नेपाली सेनाको सम्मान


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले तीन देशका राजदूतलाई सम्मान गर्ने भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रसंसापत्रद्वारा सम्मान गर्ने भएको हो ।

सेना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले तीन मुलुकका राजदूतलाई प्रसंशापत्रमार्फत सम्मान गर्ने कार्यक्रम छ।

कोरोना भाइरस (कोभिड–१९) मा नेपाली सेनामार्फत तीनवटै मुलुकले औषधि र स्वाथ्य सामाग्री सहयोग गरेका थिए। कोभिड–१९ मा चीनले नेपाली सेनामार्फत औषधि उपलब्ध गराएर सहयोग गरेको थियो भने भारतले औषधि र भेन्टिलेटर सहयोग गरेको थियो। अमेरिकाले स्वास्थ्य सामाग्री सेनामार्फत नेपाललाई सहयोग गरेको थियो।

सामरिक दृष्टिले महत्वपूर्ण अर्थ राख्ने तीनवटै मुलुकले उल्लेखनीय सहयोग गरेपछि सेनाले दक्षिण एसियाको शक्ति सन्तुलनको सन्दर्भलाई जोडेर तीन देशका राजदूतलाई प्रसंशापत्रमार्फत सम्मान गरेको रुपमा हेरिएको छ।

सेनाको यो सम्मानले कुटनीतिक र रणनीतिक अर्थ राख्ने जानकारहरुले बताएका छन्। नेपाली सेनाले विश्वका शक्ति राष्ट्रसँग समान सम्बन्ध राख्न खोजेको अर्थका रुपमा पनि यो सम्मानलाई हेरिएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ११ : ३९ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा