पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन | Khabarhub Khabarhub

पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् ।

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो ।

बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।

नागेश्वरमा पनि भक्तजनको भीड

यसैगरी काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला टाउनप्लानिङमा रहेको नागेश्वर महादेव मन्दिरमा पनि आज बिहान ३ बजेदेखि नै भक्तजनका लागि चार ढोका खोलेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

बिहानदेखि अहिलेसम्म करिब पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग राजयमाझीले जानकारी दिए ।

बिहान १० बजेपछि नागेश्वर महादेव मन्दिरमा पनि धेरै भक्तजन दर्शनका लागि लाममा बसेका छन् । विसं १८८१ मा सरदार वाक्सिङ मन्दिर स्थापना गरिएको हो ।

महाशिवरात्रिका अवसरमा नागेश्वर महादेव मन्दिरमा पनि विशेष पूजासहित चारै प्रहर पूजा आराधना गरिन्छ । नागहरूले मानेको र पूजा आराधना गरेकाले नागेश्वर नाम रहेको उनले सुनाए ।

गोकर्णेश्वरमा बालयन्त्रको पूजाराधना

यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथमा दर्शनपछि दुवै यन्त्रको महत्व बुझेका भक्तजन गोकर्णेश्वर महादेव मन्दिरमा समेत दर्शनका लागि जाने गरेका छन् ।

उपत्यकाका डोलेश्वरलगायत विभिन्न स्थानमा रहेका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ ।

निःशुल्क गुर्जो वितरण

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका भक्तजनलाई आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटको नेतृत्वमा निःशुल्क गुर्जोको चिया पिलाइएको छ ।

भक्तजनलाई गुर्जोको महत्वका विषयमा समेत जानकारी गराएर धुलो र चियाका पोका निःशुल्क वितरणसमेत गरिएको उनले सुनाए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १ : १४ बजे

‘आउटल : दफा २१९’को चार दिनको व्यापार : दुई करोडमाथि रहेको निर्माण पक्षको दाबी

काठमाडौं – गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘आउटल : दफा

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक

कर्णाली नदीमा खसेर एक जना बेपत्ता

मान्म– ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना

स्वास्थ्य मन्त्रालयका संघीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रम 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय

स्ववियु चुनाव : चर्चित क्याम्पसमै तालाबन्दी (भिडियो)

काठमाडौं– प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षण गर्ने मिनी इलेक्सनका रूपमा