प्रदेश २ मा संसदीय दलको नेता चयन नहुँदा सदन ठप्प | Khabarhub Khabarhub

प्रदेश २ मा संसदीय दलको नेता चयन नहुँदा सदन ठप्प


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा सत्तारुढ दल जनता समाजवादी पार्टीले संसदीय दलको नेता चयन गर्न ढिलाई गर्दा लामो समयदेखि संसद बैठक ठप्प रहेको छ ।

सत्तारुढ दलको आन्तरिक किचलोका कारण पाँच महिनादेखि प्रदेश सभाको बैठक बस्न नसकेको हो ।

मुख्यमन्त्री र मन्त्रीहरूको स्वार्थका कारण प्रदेशसभा बैठक नबोलाइएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले सरकारको आलोचना गर्दै आएका छन् ।

बैठक बोलाउन माग गर्दै करिब दुई साता अघि कांग्रेसले सभामुख सरोजकुमार यादव र मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको थियो । तत्कालिन नेकपा केन्द्रले समेत मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण गराएका थिए । तर, मुख्यमन्त्री राउतले बैठक बोलाउने विषयमा कुनै चासो नदेखाएको एमालेबाट सांसद बनेका शत्रुधन महतोले बताए ।

‘मुख्यमन्त्रीलाई फोन गरेर र ज्ञापन पत्र बुझाएर पटक–पटक बैठक बोलाउन ध्यानाकर्षण गराएको छु । तर, उहाँले तरल राजनीतिक अवस्था रहेकाले केही दिनपछि बैठकको तयारी गर्ने बताउनुभएको थियो,’ उनले भने, ‘मुख्यमन्त्रीकै वेवास्ताको कारण सदन लामो समयदेखि ठप्प रहेको छ ।’

सत्तासीन जसपाभित्र पार्टी समायोजन गरी एकीकृत पार्टीको संसदीय दलको नेता कसलाई बनाउने विषयमा विवाद चलिरहेको छ । संंसदीय दलको नेता चयन गर्ने जिम्मेवारी पाएका समाजवादी पार्टीबाट मुख्यन्त्री बनेका लालबाबु राउत र राजपाबाट भौतिक पूर्वाधार मन्त्री बनेका जितेन्द्र सोनलले आफ्नै पद जाने डरले बैठक लम्ब्याउँदै आएको सांसदहरूको आरोप छ ।

बैठक बस्नुअगावै संसदीय समिति चयन गर्ने प्रतिबद्धता नेताहरूले जनाउँदै आएका छन् । तर, संसदीय दलको नेता चयन हुँदा मन्त्रिपरिषदसमेत हेरफेर हुने डरले मुख्यमन्त्री तथा मन्त्री बनेकाले बैठक टार्दै आइरहेको ती बुझिएको छ ।

एकता प्रक्रिया पूरा नभएकाले बैठक बस्दा सरकार ढल्न सक्ने तथा सरकारको मानोमानी विषयमा आलोचना हुने डरले सरकारले प्रदेशसभा बैठक बोलाउन नसकेको कांग्रेसको आरोप छ ।

‘जसपाभित्रै ठूलो विवाद रहेको बाहिर सुनिन्छ । सदन चल्यो भने पद खुस्किने मुख्यमन्त्रीलाई डर छ । अर्को कुरा सदन हुँदा योजनामा आफ्नो किसिमले यिनीहरूले मनोमानी गर्ने मौका पाउँदैनन्,’ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, ‘मन्त्रीहरूले कमिसनमै योजना बेचिरहेको बजारमा व्यापक चर्चा छ । यी दुवै कारणले सरकारले बैठक बोलाउन चासो नदेखाएको हुनसक्छ ।’

सरकार बेकामे भएको भन्दै सदन चल्दा सरकार ढल्छ कि भन्ने डरका कारण नबसको उनले तर्क गरे । प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक उथलपुथलका कारण र कोरोना महामारीका कारण बैठक बस्न नसकेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए । चैत पहिलो साता प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रदेश सभाको बैठक बोलाउने र अन्त्य गर्ने काम प्रदेश सरकारको भएकाले आफूले केही गर्न नसकेको सभामुख यादवको भनाइ छ । एउटा अधिवेशन सकिएको बढीमा ६ महिनाभित्र अर्काे बैठक बोलाउने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : ०६ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान