प्रदेश २ मा संसदीय दलको नेता चयन नहुँदा सदन ठप्प « Khabarhub

प्रदेश २ मा संसदीय दलको नेता चयन नहुँदा सदन ठप्प


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा सत्तारुढ दल जनता समाजवादी पार्टीले संसदीय दलको नेता चयन गर्न ढिलाई गर्दा लामो समयदेखि संसद बैठक ठप्प रहेको छ ।

सत्तारुढ दलको आन्तरिक किचलोका कारण पाँच महिनादेखि प्रदेश सभाको बैठक बस्न नसकेको हो ।

मुख्यमन्त्री र मन्त्रीहरूको स्वार्थका कारण प्रदेशसभा बैठक नबोलाइएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले सरकारको आलोचना गर्दै आएका छन् ।

बैठक बोलाउन माग गर्दै करिब दुई साता अघि कांग्रेसले सभामुख सरोजकुमार यादव र मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको थियो । तत्कालिन नेकपा केन्द्रले समेत मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण गराएका थिए । तर, मुख्यमन्त्री राउतले बैठक बोलाउने विषयमा कुनै चासो नदेखाएको एमालेबाट सांसद बनेका शत्रुधन महतोले बताए ।

‘मुख्यमन्त्रीलाई फोन गरेर र ज्ञापन पत्र बुझाएर पटक–पटक बैठक बोलाउन ध्यानाकर्षण गराएको छु । तर, उहाँले तरल राजनीतिक अवस्था रहेकाले केही दिनपछि बैठकको तयारी गर्ने बताउनुभएको थियो,’ उनले भने, ‘मुख्यमन्त्रीकै वेवास्ताको कारण सदन लामो समयदेखि ठप्प रहेको छ ।’

सत्तासीन जसपाभित्र पार्टी समायोजन गरी एकीकृत पार्टीको संसदीय दलको नेता कसलाई बनाउने विषयमा विवाद चलिरहेको छ । संंसदीय दलको नेता चयन गर्ने जिम्मेवारी पाएका समाजवादी पार्टीबाट मुख्यन्त्री बनेका लालबाबु राउत र राजपाबाट भौतिक पूर्वाधार मन्त्री बनेका जितेन्द्र सोनलले आफ्नै पद जाने डरले बैठक लम्ब्याउँदै आएको सांसदहरूको आरोप छ ।

बैठक बस्नुअगावै संसदीय समिति चयन गर्ने प्रतिबद्धता नेताहरूले जनाउँदै आएका छन् । तर, संसदीय दलको नेता चयन हुँदा मन्त्रिपरिषदसमेत हेरफेर हुने डरले मुख्यमन्त्री तथा मन्त्री बनेकाले बैठक टार्दै आइरहेको ती बुझिएको छ ।

एकता प्रक्रिया पूरा नभएकाले बैठक बस्दा सरकार ढल्न सक्ने तथा सरकारको मानोमानी विषयमा आलोचना हुने डरले सरकारले प्रदेशसभा बैठक बोलाउन नसकेको कांग्रेसको आरोप छ ।

‘जसपाभित्रै ठूलो विवाद रहेको बाहिर सुनिन्छ । सदन चल्यो भने पद खुस्किने मुख्यमन्त्रीलाई डर छ । अर्को कुरा सदन हुँदा योजनामा आफ्नो किसिमले यिनीहरूले मनोमानी गर्ने मौका पाउँदैनन्,’ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, ‘मन्त्रीहरूले कमिसनमै योजना बेचिरहेको बजारमा व्यापक चर्चा छ । यी दुवै कारणले सरकारले बैठक बोलाउन चासो नदेखाएको हुनसक्छ ।’

सरकार बेकामे भएको भन्दै सदन चल्दा सरकार ढल्छ कि भन्ने डरका कारण नबसको उनले तर्क गरे । प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक उथलपुथलका कारण र कोरोना महामारीका कारण बैठक बस्न नसकेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए । चैत पहिलो साता प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रदेश सभाको बैठक बोलाउने र अन्त्य गर्ने काम प्रदेश सरकारको भएकाले आफूले केही गर्न नसकेको सभामुख यादवको भनाइ छ । एउटा अधिवेशन सकिएको बढीमा ६ महिनाभित्र अर्काे बैठक बोलाउने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : ०६ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी