म्यानमारको सेनाले सूकीमाथि लगायो घुस लिएको आरोप « Khabarhub

म्यानमारको सेनाले सूकीमाथि लगायो घुस लिएको आरोप


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार–  म्यानमारको सैन्य शासकले अपदस्थ नेतृ आङ सान सूचीमाथि केही सुन र ६ लाख अमेरिकी डलर अवैध तरिकाले स्वीकार गरेको आरोप लगाएको छ । म्यानमारको सेनाद्वारा सूचीमाथि लगाइएको यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो ।

सेनाले सूचीले पैसा स्वीकार गरेको भन्ने कुरा पुष्टि गरेको दाबीसमेत गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै ब्रिगेडियर जनरल जा मिन तुनले म्यानमारका राष्ट्रपति र केही मन्त्रीमाथि पनि भ्रष्टाचारको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । फेब्रुअरी १ मा सैनिक ‘कू’ गरेर सूची र म्यान्मारको निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सूचीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो ।

आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने सेनाले दिएको छैन । सेनाले सूचीलाई अज्ञात स्थानमा राखेको छ । यसअघि सेनाले सूचीमाथि रेडियो उपकरण राखेको, कोभिड नियन्त्रणका लगाइएका प्रतिबन्धात्मक नियमहरू भंग गरेको तथा नागरिकमा डर, त्रास फैलाएको आरोप पनि लगाइ सकेको छ ।

सूचीले गैरकानुनी रूपमा ग्रहण गरेको भनिएको सुनको मूल्य लगभग साढे चार लाख पाउन्ड छ । म्यान्मारमा सैनिक कूको विरोधमा प्रदर्शन जारी छ । प्रदर्शनमा बिहीवार कम्तिमा सात जना मारिएपछि मृतकको संख्या ६० नाघेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ८ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै