दलको सहमतिमै संसद् सञ्चालन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

दलको सहमतिमै संसद् सञ्चालन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलको सहमतिमा संसद् सञ्चालन गर्नुपर्ने बताएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा आज १५ श्ययाको नगर अस्पताल शिलान्यास समारोहमा बोल्दै अध्यक्ष तिमिल्सिनाले फेरी पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनतर्फ राजनीतिक दल सचेत हुनुपर्ने बताए ।

जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको प्रतिनिधिसभा बीचमै विघटन गर्नु राम्रो पक्ष नभएको बताउँदै मुलुकको समृद्धिको निम्ती काम गरिरहेको सरकारलाई काम गर्न नदिएर संसद् विघटन गर्नुपर्ने बाध्यता बनाउने दललाई कारवाही गर्नुपर्ने बताए ।

“अब यो सरकारको म्याद दुई वर्ष रहेकाले आगामी चुनावसम्म संसद् विघटन गर्नुपर्ने अवस्था नआओस् मेरो कामना छ”, अध्यक्ष तिमिल्सिनाले भने ।

१५ शय्याको नगर अस्पताल आगामी १८ महिनामा पूरा हुने छ । रु पाँच करोड १० लाख ३५ हजारको लागतमा बन्ने अस्पताल नागार्जुन निर्माण सेवाले जिम्मा पाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ९ : १५ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन