प्रिमियर लिगमा लिड्स युनाइटेडको जित « Khabarhub

प्रिमियर लिगमा लिड्स युनाइटेडको जित


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ ।

शनिबार भएको खेलमा सिटी लिड्ससँग २-१ गोलले पराजित भएको हो ।

घरेलु मैदानमा सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग पराजित भएको हो ।

खेलको ४२औँ मिनेटमा स्टुवार्ट डालसले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा लियाम कोपेरले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटियो ।

खेलको ७६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा डालसले व्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई २-१ को जित सुनिश्चित गराए । जितसँगै लिड्स ३१ खेलमा ४५ अंकसहित १०औँ स्थानमा रहेको छ ।

सिटी ३२ खेलमा ७४ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : १५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल