यस्तो छ अमलाको औषधीय महत्व « Khabarhub

यस्तो छ अमलाको औषधीय महत्व


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमला एक बहुगुणी फल हो । यो सानो एवं ठूलो प्रकारको हुन्छ । देख्नमा हरियो र गोलाकार दान हुने अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मीठो स्वाद उत्पन्न हुन्छ । यो उष्ण एवं पहाडी भेगमा पाइन्छ । नेपालमा पनि यो फल प्रशस्त हुने गर्दछ ।

अमलाका विशेष गुणहरु

आयुर्वेदमा अमलालाई रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्ने, वात रोग हर्नसक्ने, मानसिक तथा शारीरिक शक्तिमा बृद्धि गराउने, खानामा रुचि, स्मरण शक्तिमा वृद्धि, कपाल बलियो, चम्किलो, लामो बनाउने, घाउ खटिरा निको पार्ने, शरीरमा भएका विजातीय द्रव्य (दूषित तत्व) निकाल्न मद्दत गर्ने, कब्जियत हटाउने, रगत शुद्ध बनाउने, वीर्य शुद्ध पार्ने, आँखा तेजिलो पार्ने, दाँत बलियो गराउने, अति स्वस्थकर फलको रुपमा लिइएको छ र यसलाई पनि अमृत फलअन्तर्गत उल्लेख गरिएको छ ।

अमलालाई ताजा प्रयोग गर्न सकिन्छ भने यसलाई सुकाएर राखी आवश्यक परेको समयमा प्रयोग गर्दा पनि यसको गुणमा कुनै कमी हुँदैन ।

अमलाका चिकित्सात्मक लाभहरु

— कब्जियत

— रगत बग्ने

— घाँटी दुख्ने

— पायरिया

— टाउको दुखेमा

— छाला कोमल र आकर्षक पार्ने

— भिटामिन ‘सी’ को कमी पूरा गर्न

— आँखाको रोग मोतिविन्दुमा

— आउँ, अपच, कब्जियत,

— अरुचि

— शरिरको गर्मीपना हटाउन

— श्वास गनाउनेमा

— कपालको चायाँ

— कपाल गर्नेमा

— डण्डीफो र अनुहारको चायामा

— आँखाको दृष्टिशक्ति बढाउन

— दाँत चम्किलो बनाउन । आदि ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : १३ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२