बार्सिलोना रियल मड्रिडसँग पराजित « Khabarhub

बार्सिलोना रियल मड्रिडसँग पराजित


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बार्सिलोनालाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनालाई २-१ ले हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।

बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । २८औँ मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

६०औँ मिनेटमा ओस्कारले एक गोल फर्काए पनि बार्सिलोना २-१ ले पराजित भयो ।

यस्तै खेलको इन्जुरी समय कासिरिमोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ । बार्सिलोना ६५ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : ४५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल