सिरहामा गोली हानेर व्यवसायीको हत्या, दुई जना पक्राउ « Khabarhub

सिरहामा गोली हानेर व्यवसायीको हत्या, दुई जना पक्राउ


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- सिरहामा गोली हानेर व्यवसायीको हत्या भएको छ ।

लहान नगरपालिका– २३ मा सुनचाँदी व्यवसाय गर्दै आएका अन्दाजी ४५ वर्षीय प्रदीप कुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा मृत्यु भएको हो ।  उनी लहान नगरपालिका– २३ गड्डाचोक डेरा गरी बस्दै आएका थिए ।

राति साढे १२ बजेतिर घरमा सुतीरहेको बेला लुटेरा समूहले बिक दम्पतीमाथि आक्रमण गरेको थियो । लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको जनाइएको छ ।

३५ वर्षीया अनिता विश्वकर्माको  हातमा धारिलो हतियार प्रहार भएको सिरहाका एसपी सुदीपराज भण्डारीले बताए । घाइते अनिताको लहानस्थित सप्तऋषि अस्पताल उपचार भइरहेको भण्डारीले बताए ।

घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा लहान नगरपालिका ७ का रामकृष्ण चौधरी र सुरेशकुमार सहनी छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : ३० बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.