निर्माण उपकरण र प्रविधिको प्रदर्शनी आजदेखि | Khabarhub Khabarhub

निर्माण उपकरण र प्रविधिको प्रदर्शनी आजदेखि


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २२औँ साधारणसभाका अवसरमा आजदेखि काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदर्शनी शुरु गर्न लागिएको महासचिव रोशन दाहालले जानकारी दिए । प्रदर्शनी दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित विषयका ३० वटा कक्ष राखिने उनले बताए ।

साधारणसभाको उद्घाटन आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गरेका छन् । देशभरका एक हजारभन्दा बढी व्यवसायीको सहभागिता रहने साधारणसभाको बन्दसत्र भने चैत ३० गते सोमबार प्रतिष्ठानमै हुनेछ ।

कोभिड–१९ को सङ्क्रमणका बीच निर्माण उद्योग थप समस्याग्रस्त भएकाले यससहित अन्य समसामयिक विषयमा छलफल भई साधारणसभाको अन्त्यमा महासङ्घको काठमाडौँ घोषणापत्र जारी गरिने महासचिव दाहालले बताए ।

साधारणसभा सम्पन्न गर्न महासङ्घका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । साधारणसभाको उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरूको लेख रचना समेटिएको महासङ्घको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन गर्नेछन् ।

निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेलाई कार्यक्रममा सम्मानसमेत गरिने जनाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ११ : ३४ बजे

आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर 

काठमाडौं– काठमाडौंमा भर्खरै भड्किएको जेन-जी नेतृत्वको आन्दोलन केवल राजनीतिक मात्र थिएन,

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । 

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः