सोमबार प्रदेश २ सभाको बैठक बस्दै | Khabarhub Khabarhub

सोमबार प्रदेश २ सभाको बैठक बस्दै


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ ।

प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।

संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।

नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो ।

पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ । अन्य विषयमा दलसँग छलफल भइरहेको यादवले जानकारी दिए ।

माओवादी केन्द्रको संसदीय दलको नेतामा साह

प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन् ।

तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डललाई चयन गरिएको थियो तर पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मण्डल प्रधानमन्त्री ओलीको खेमामा लागेकाले अहिले भरत साहलाई दलका नेताका रुपमा चयन गरिएको प्रमुख सचेतकमा चुनिएका दिलीप साहले जानकारी दिए ।

ओली समूहमा लागेका मण्डलसहित चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतकमा चुनिएका साहले जानकारी दिए ।

मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो. समीर अन्सारी ओली खेमामा लागेका छन् । उनीहरु चार जनालाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारीसमेत पार्टीले गरेको सचेतक साहले जनाए ।

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १२ : ३५ बजे

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी

‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा करको

इरानले इजरायलमाथि दिउँसै गर्‍यो अहिलेसम्मकै लामो आक्रमण, दक्षिणी क्षेत्रका सहरमा बिजुली बन्द

तेहरान- इजरायलसँगको लडाइँ तीव्र बन्दै गर्दा इरानले सोमबार दिउँसै ठूलो

बराहक्षेत्रको बजेट १ अर्ब बढी, कृषिलाई पर्यटनसँग जोड्ने योजना

चतरा– सुनसरीको बराहक्षेत्र नगरपालिकाले आव २०८२-८३ का लागि १ अर्ब

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायीको माग

काठमाडौं– सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन