विदेश जाने कामदारको अभिमुखीकरण तालिम अनलाइनबाटै अनुगमन गर्ने तयारी | Khabarhub Khabarhub

विदेश जाने कामदारको अभिमुखीकरण तालिम अनलाइनबाटै अनुगमन गर्ने तयारी



काठमाडौँ- वैदेशिक रोजगारीमा जाने कामदार जस्तो शारीरिक र मानसिक अवस्था गएको थियो, त्यस्तै अवस्थामा फर्काउन वैदेशिक रोजगार बोर्डले ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’ सञ्चालनमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण बढ्दै जाँदा समय मृत्यु हुने र अङ्गभङ्ग हुने घटना बढेकाले यस्तो तालिम सञ्चालन गर्न लागेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले खबरहबलाई बताए ।

अभिमुखीकरण तालिममा विदेशमा काम गर्दा तनाव व्यवस्थापन गर्ने र कार्यस्थल दुर्घटनाबाट बच्ने विषय समेटिएको छ ।

कामदारले यात्राको क्रममा घरबाट निस्किएदेखि गन्तव्यमा नपुन्जेलसम्म के गर्न हुने र के गर्न नहुने भन्ने विषय पनि समेटिएको छ ।

देशगतरूपमा हावापानी, भाषा राजनीति, धर्मसंस्कृति लगायतका विषयमा पनि तालिममा समावेश छ ।

यी विषयहरू समेटिएको परिमार्जित पाठ्यक्रम वैदेशिक रोजगार बोर्डको गत मंसिर १० गतेको बैठकले स्वीकृत गरेको र चैत १ गते कार्यान्वयनमा आएको हो ।

पाठ्यक्रममा समावेश गरिएका सामग्री पढेर र बुझेर रोजगारीमा गएमा समस्यामा नपर्ने बोर्डका निर्देशक श्रेष्ठको भनाइ छ ।

‘परिमार्जित पाठ्यक्रम नतिजामुखी बनाउने उद्देश्य रहेकोले अब वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर र अङ्गभङ्ग हुनेको संख्या घट्नेछ’ उनले खबरहबसँग भने, ‘श्रमिकले आफू जान लागेको देशको बारेमा सामान्य जानकारी लिएर गएमा समस्या पर्दैन ।’

परिमार्जित पाठ्यक्रममा अडियो र भिडियो समावेश गरिएको छ । तालिम दिनको ६ घण्टाका दरले २ दिन चल्छ ।

गन्तव्य मुलुकमा पुगेपछि श्रमिकको शारीरिक र मानसिक पीडा न्यूनीकरण गर्ने विषय पनि तालिममा समावेश छ । यसमा बोर्डले करिब २ सय जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ ।

अब अनलाइनबाटै अनुगमन

यसअघि अभिमुखीकरण तालिम दिने संस्थाले वैदेशिक रोजगार बोर्डले तोकेको मापदण्डभन्दा बाहिर गएर कक्षा सञ्चालन गर्ने र कक्षा नै सञ्चालन नगरी नाम पठाउने गरेको बोर्डका अधिकारीको भनाइ छ ।

यस्तो हुन नदिन बोर्डले अनलाइन माध्यमबाटै अनुगमन गर्ने भएको छ ।

‘विभागको व्यवस्थाअनुसार यो समयमा यति जनाले अभिमुखीकरण तालिम लिँदै छन् भन्ने जानकारी पाएपछि बोर्डमा रहेको कल सेन्टरले हेर्नेछ,’ निर्देशक श्रेष्ठले भने, ‘सीसीटीभी क्यामेरा जडान गर्न बोर्डले पत्र पठाइसकेको छ ।’

तालिममा कामदारका लागि व्यवसायमा सुरक्षा, स्वास्थ्य चेतना, वैदेशिक रोजगारी कानुन, ठगिनबाट बच्ने उपाय, कामदारले गर्नुपर्ने व्यवहार, आर्थिक कारोबार जस्ता विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइन्छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को नियम २० मा वैदेशिक रोजगारीमा जानुपूर्व बोर्डले स्वीकृत गरेको पाठ्यक्रमअनुसार अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : ०९ बजे

गर्मी छल्न सुनकोशीमा राफ्टिङ (तस्बिरहरू)  

काठमाडौं– गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न

जनताको खाँचोका सेवामा संवेदनशील हुन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष

वातावरणमैत्री यातायात प्रवर्धन गर्न पूर्वाधारमा लगानी गरौं : मन्त्री यादव

काठमाडौं– सरकारले वातावरणमैत्री यातायातको प्रवर्धनका निम्ति नीति तथा पूर्वाधारमा लगानी

नेपालगञ्जमा धुमधामले मनाइयो बकर इद

नेपालगञ्ज– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)

घुसुडी र ब्रह्मदेवको जगमा बसेको महेन्द्रनगर

खोइ ! गते र वार कुन थियो त्यो त अहिले