सोमालियाको विस्फोटमा पाँचको मृत्यु « Khabarhub

सोमालियाको विस्फोटमा पाँचको मृत्यु


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक सोमालियाको बाइडाओ शहरमा शनिबार एउटा रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने छ जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार, सुएज क्याफ्टेरियाको बाहिर रहेका क्षेत्रका गभर्नर अलि वारधरलाई लक्षित गरी उक्त आक्रमण भएको हो । यद्यपी, विस्फोटबाट उनी भने सुरक्षित छन् ।

प्रहरीले वारधरका कम्तीमा दुई जना अंगरक्षक घाइते भएको जनाएको छ ।

प्रत्यक्षदर्शी अमिन म्याडीले निकै शक्तिशाली देखिएको उक्त बिस्फोटको आवाज शहरका सबैजसो ठाउँमा सुनिएको र मानिसलाई आतंकित बनाएको बताउनुभयो ।

आतंकवादी संगठन अल–कायदा समर्थित अल–शबाबले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । यस संगठनले अफ्रिकी मुलुकहरुमा इस्लामिक शासन स्थापना गर्ने भन्दै सशस्त्र हिंसात्मक आन्दोलन गर्दै आएको छ ।

प्रहरीले उक्त घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । यसैबीच, मोगादिशुको हुरिआ जिल्लामा गरिएको बम बिस्फोटमा परेर एक सैनिकको मृत्यु हुनुका साथै केही व्यक्ति घाइते भएका छन् ।

सोमालियामा सुरक्षा कमजोरी व्यापक रहेको भन्दै स्थानीयवासी चिन्तित हुन थालेका छन् । यसै वर्षको शुरुमा गरिने भनिएको आमनिर्वाचनमा ढिलाई भएकाले पनि समस्या अरु बढ्दै गएको छ । रासस/एपी

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  २ : ५६ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको