रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट « Khabarhub

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन्  ।

गत महिना कानुन बनेको ग्राहम ऐनले दिएको अधिकार प्रयोग नगर्ने निर्णयसँगै रुसी ऊर्जा व्यापारमाथि दबाब बढाउने अमेरिकी नीतिमा परिवर्तन आएको छ ।

अमेरिकी सिनेटर लिन्डसे ग्राहमको नाममा रहेको उक्त ऐनले रुसी तेल र ग्यासका प्रमुख खरिदकर्तामाथि १०० प्रतिशतसम्म शुल्क लगाउने अधिकार राष्ट्रपति ट्रम्पलाई दिएको थियो । कार्यकारी आदेशमा उनले ऐनको धारा ४ मा उल्लेख गरिएका प्रतिबन्ध तथा शुल्क लागू नगर्ने निर्णय गरेको जनाइएको छ ।

उक्त कानुनले रुसको ऊर्जा तथा रक्षा क्षेत्र, राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य वरिष्ठ अधिकारीलाई लक्षित गरेको थियो । पश्चिमी प्रतिबन्ध छल्न प्रयोग गरिने रुसका ट्याङ्करहरूको कथित ‘छाया जहाज बेडा’ पनि यसको निशानामा परेको थियो ।

रुसी डिजेल निर्यातलाई अनुमति दिने विषयमा राष्ट्रपति पुटिनसँग ट्रम्पले गर्नुभएको विवादास्पद सहमतिपछि यो निर्णय आएको हो । त्यसको बदलामा अमेरिकी प्रतिबन्धबाट राहत दिने विषयमा सहमति भएको जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको निर्णयलाई ‘कमजोर निर्णय’ भन्दै आलोचना गर्नुभएको छ । युक्रेनी सेनाले रुसी तेल प्रशोधन केन्द्रहरूमा पुनः आक्रमण सुरु गरेपछि उक्त सहमतिलाई लिएर किएभ र वासिङ्टनबीचको सम्बन्धसमेत बिग्रिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  १ : १० बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित