महाधिवेशन प्रभावित पार्ने विभिन्न बहाना हुन थालेका छन् : प्रकाशमान सिंह | Khabarhub Khabarhub

महाधिवेशन प्रभावित पार्ने विभिन्न बहाना हुन थालेका छन् : प्रकाशमान सिंह


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् ।

नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उनले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताए ।

महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेकाले आम नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने बेला आएको उनको भनाइ छ । पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाए ।

नेता सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सधैँ देश र जनताको हितमा काम गरेको स्मरणसमेत गरे । अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीलाई बलियो बनाएर अगाडि लैजानका लागि पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : २४ बजे

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत– फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन)