बैतडीका १५ सामुदायिक वनमा डढेलो | Khabarhub Khabarhub

बैतडीका १५ सामुदायिक वनमा डढेलो


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए । जिल्लाको कूल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको छ । यहाँका अधिकांश वन जङ्गलमा आगलागी भएको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताए । आगलागीका कारण काँचो रुखसमेत जलेर नष्ट भएका छन् ।

सामुदायिक वनमा आगलागी हुँदा स–साना बोटबिरुवा जलेर खरानी भएको स्थानीयवासीले बताएका छन् । वनमा भएको आगलागीका कारण वातावरणसमेत प्रदूषण भइरहेको छ । वन जङ्गलमा लागेको आगोले वर्षौंसम्म समस्या निम्त्याउने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीको भनाइ छ । खडेरीका कारण वन जङ्गलमा रुख आफैँ सुकिरहेका बेला आगलागीका कारण झन् समस्या भएको उनले बताए ।

वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । जङ्गलमा लागेको डढेलोका कारण पानीका मुहानसमेत सुक्दै गएका स्थानीयवासीले बताएका छन् । डढेलोको कारण समस्या निम्त्याउने भएकाले सावधानी अपनाउन वन कार्यालयले आग्रह रहेको छ ।

लामो समयदेखिको खडेरीले बैतडीका विभिन्न स्थानमा वन जङ्गलका रुख सुक्न थालेका छन् । रुख बिरुवामा पालुवा आउने बेलामा ठूलठूला रुख सुक्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । सुर्नया गाउँपालिका–४ को रौलेश्वर केदार सामुदायिक वन, रानीपातल सामुदायिक वन, बजलाडी सामुदायिक वन, ठूलापातल सामुदायिक वन, चोरपातल र सौलेभाडी सामुदायिक वनमा रुख सुक्न थालेको सुर्नया गाउँपालिका–४ का रामबहादुर महराले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : ४४ बजे

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली- करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

पर्सा– पर्साको ठोरी गाउँपालिका– ३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको