राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने « Khabarhub

राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आगामी वैशाख ८ देखि १० गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा हुने भएको छ ।

‘समान र सम्मान हाम्रो चाहना, विभेदरहित समाज हाम्रो परिकल्पना’ भन्ने सन्देशका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा पुरुषलाई गाउँस्तरीय र महिलालाई जिल्लास्तरीय तहबाट सहभागी गराइने छ ।

आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेपा स्मृति कप आयोजक समितिका संयोजक जाङबु शेर्पाले खेलकूदका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन गरिने बताए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः एकला, रु ५० हजार र २५ हजार पुरस्कार तथा ट्रफी प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेजर र सटरको छनोट गरी उपहार दिइने छ । कार्यक्रममा समाजिक विकासमा योगदान पुर्‍याउने अग्रज व्यक्तित्वलाई सम्मानसमेत गरिने जनाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ४० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका