बाह्य दबाब र प्रलोभनले सनातनीय संस्कारमा ह्रास आयो : पूर्वराजा शाह | Khabarhub Khabarhub

बाह्य दबाब र प्रलोभनले सनातनीय संस्कारमा ह्रास आयो : पूर्वराजा शाह


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले निरन्तर विषाक्त बनाइँदै लगिएको आजको प्रदूषणयुक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउन कुम्भ मेलाको औचित्य अर्थपूर्ण रहेको बताएका छन् ।

महाकुम्भ मेलामा सहभागी हुन त्यहाँ पुगेका शाहले हरिद्वारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले वातावरणलाई प्रदूषणमुक्त बनाउन आजको विश्वव्यापी अभियानमा कुम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनुष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हुने बताए ।

उनले हाम्रो धर्म, सभ्यता, संस्कृतिका अनेकन आदर्शहरु विश्वकै मानवीय मूल्यलाई डोर्‍याइरहेको बताए ।

‘सानो छँदा मैले महाकवि लक्षमी प्रसाद देवकोटाले लेख्नुभएको के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिएँ, बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिँइदै गएको कुरामा उहाँले निबन्धमा लेख्नुभएको थियो,’उनले भने, ‘हो कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’

उनले धर्म बचाउन, संस्कृतिको रक्षा गर्न र मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्ने बताएका छन् । पूर्व राजा शाहले ‘हिन्दू सम्राट’को हैसियतमा सोमबार गंगामा शाही स्नान गर्ने भएका छन् ।

उनले गरेको सम्बोधन यस्तो छ

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ४१ बजे

नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन

अत्तरिया– आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

भक्तपुर– सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट  काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश

सभामुखले भने : समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ

सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरि

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट 

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया

वैदेशिक रोजगारीका नाममा ठगी अभियोगमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु