हेलिकोप्टर प्रयोगपछि नियन्त्रणमा आयो नागार्जुनको डढेलो « Khabarhub

हेलिकोप्टर प्रयोगपछि नियन्त्रणमा आयो नागार्जुनको डढेलो


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

बुढानीलकण्ठ नगरपालिका – २ तैलुङ जंगल क्षेत्रमा आज बिहानदेखि लागेको डढेलो नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको छ । डढेलो नियन्त्रणका लागि दमकलका साथै हेलिकप्टरको पनि प्रयोग गरिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो । यसअघि पाथीभरामा लागेको आगो नियन्त्रणका लागि पनि हेलिकप्टर प्रयोग गरिएको थियो ।

आगो निभाउन हेलिकप्टरमा एक हजार लिटर जाने ट्याङ्की (व्याम्बी बकेट) को प्रयोग गरिएको छ । यसअघि स्थानीय समुदाय र सुरक्षा निकायको सहभागितामा गरिएको प्रयास जारी रहँदै गर्दा फैलिने क्रम नरोकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो । स्थलमार्गबाट पनि दमकलसहित स्थानीय सङ्घ संस्था, समुदायका प्रतिनिधि तथा सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरेका थिए ।

डढेलो नियन्त्रणका लागि सेनाको महेन्द्रदल गणबाट ७६ जनाको अग्नि नियन्त्रक टोली र ३ वटा दमकलसहित खटिएका थिए ।

हेलिकप्टरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन पोखरीको पानी प्रयोग गरेको थियो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाको मुख्य पानीको स्रोत भएको त्यहाँका प्रमुख लक्ष्मण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ५४ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको