राष्ट्रपतिको प्रमुख आतिथ्यमा घोडेजात्रा सम्पन्न (भिडियोसहित) « Khabarhub

राष्ट्रपतिको प्रमुख आतिथ्यमा घोडेजात्रा सम्पन्न (भिडियोसहित)


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो । सो अवसरमा उनले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमश : सहसेनानी प्रवेश खड्का र उपसेनानी दिपीन थापा तथा शो जम्पमा प्रथम भएका सिपाही ओमप्रकाश यादव र द्वितीय जमदार जगदीश घिसिङलाई पुरस्कार प्रदान गरिन् ।

हेरौँ भिडियो

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मञ्च टुँडिखेल पुगेर सेनाले आयोजना गरेको अश्वकला र साइकल खेललगायतका प्रदर्शनी अवलोकन गरे । सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले, टांगन र चार्जर घोडा दौड, साईकल रेश, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, सुईरो, स्वर्ड एण्ड वाटर मेलन र रिङ्ग एण्ड लान्स, एक्रोब्याटिस, घोडा लडाउने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हंगेरियन पोष्ट र कम्बाइन्ड फायर जम्प प्रदर्शन गरियो ।

घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिक ।

कार्यक्रममा कुकुरको कौशल अन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिएको थियो । कुकुर इमान्दार र आज्ञापालक जनावरका रुपमा लिने गरिन्छ । घोडेजात्रा अवलोकनका लागि प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवं समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुगेका थिए ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको परम्परा छ । घोडेजात्रा हेर्न टुँडिखेल वरपर नरनारीको घुँइचो देखिन्थ्यो । अघिल्लो वर्ष कोभिड–१९ को महामारीका कारण साङ्केतिकरुपमा मात्र उक्त जात्रा मनाइएको थियो । यसपटक पनि स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा मनाइएको हो ।

घोडचडी सैनिकहरु सलामी अर्पण गर्दै ।

घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा मात्र मनाइने परम्परा भएता पनि यस पर्वले राष्ट्रिय पर्वकै रुपमा मान्यता पाएको छ । नेपालमा अश्वसेनाको प्रयोग प्राचीनकालदेखि नै रही आएको छ । तत्कालीन राजा सुरेन्द्रवीर विक्रम शाहको राज्य कालमा विसं १९०६ मङ्सिर ७ गते घोडचढी सैनिकको एक दल रिसल्ला खडा गरिएको थियो । उक्त रिसल्लाले विसं १९११–१९१२ को नेपाल–तिब्बत युद्धमा बहादुरीका साथ लडेका थिए ।

“वेग भक्ति सेवा’’ आदर्श वाक्य रहेको सेनाको नेपाल क्याभर्ली हाल नारायणहिटी दरबारको हातामा छ । पहिले नयाँ वर्षलाई मनोरञ्जनात्मक बनाउन घोडेजात्रा पर्व मनाइने कथन छ । यसको परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सङ्गठनले घोडेजात्राको दिन घोडाका कौशलपूर्ण एवं रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : ३० बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र